विश्व

केन्याका पूर्वराष्ट्रपति ड्यानियलकाे निधन

  • एजेन्सी
  • २१ माघ मंगलबार, २०७६ | ११:०४:०० मा प्रकाशित

काठमाडौँ । केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ ।  उनको ९५ वर्षको उमेरमा आज निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ ।  केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा  केन्या स्तब्ध भएको जनाएको छ । 

केन्याको दोस्रो राष्ट्रपति बनेका उनले सन् १९७८ देखि २००२ सम्म २४ वर्ष शासन गरेका थिए । केन्याका गृहमन्त्री समेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो । 
 

एजेन्सी

तपाईँको मत