स्वास्थ्य

कोरोनाभाइरसः चीनमा अहिलेसम्म ३६२ को मृत्यु, केरलामा थपिए नयाँ विरामी

काठमाडौँ । भारतको केरलामा सोमबार कोरोनाभाइरसको तेस्रो मामला पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीडित छात्र वुहानमा पढिरहेका थिए । अहिले उनलाई कासरगड जिल्लाको अस्पतालमा आइसोलेशन वार्डमा राखिएको छ । यो भन्दा अघि ३० जनवरी र २ फरवरीमा वुहानबाट फर्किएका केरलाका दुई छात्रमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । दुबैको उपचार त्रिशूर र अलाप्पुझाको अस्पतालमा भइरहेको छ । 

केरलामा सन् १७९३ व्यक्तिलाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । कोरोनाभाइरसबाट अहिलेसम्म चीनमा ३६२ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी हुबेई प्रान्तमा ३५० जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा २१०० सो भाइरसका विरामी थपिएका छन् ।

कोरोनाभाइरसको पहिलो घटना डिसेम्बर २०१९ मा चीनको वुहानमाबाट आएको थियो । यो अहिलेसम्म २० भन्दा बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले ३१ जनवरीमा ग्लोवल हेल्थ इमरजेन्सी घोषणा गरेको थियो ताकि अन्य देशले कदम उठाउन सकोस् । अहिलेसम्म जापानमा २०, थाइल्याण्डमा १९, सिंगापुरमा १८, हङ्कङ्मा १५, दक्षिण कोरियामा १५, अस्ट्रेलियामा १२, जर्मनी र ताइवानमा १०-१०, अमेरिकामा ९, मकाउ र मलेशियामा ८-८, फ्रान्स र भियतनाममा ६-६, यूएईमा ५, क्यानडामा ४, इटली, रुस, फिलिपिन्स, ब्रिटेन र भारतमा २-२, नेपाल, कम्बोडिया, स्पेन, फिनल्याण्ड, स्वीडेन र श्रीलंकामा १-१ जनामा यो भाइरसको पुष्टि भएको छ ।

यता कोरोनाभाइरसको महामारी फैलिएको चीनको वुहानबाट उद्धार गरेर ल्याउन लागिएका नेपाली नागरिकरहरुलाई विशेष निगरानीमा राख्न स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानलाई विकल्पका रूपमा अघि सारेपनि जोखिमबाट बच्न सतर्कता अपनाउनैपर्ने देखिएको डाक्टरहरुले बताउँदै आएका छन् । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत