प्रेरणा

‘गीताका यी पाँच कुराले संघर्षबाट पार गराउन हौसला दिन्छ’

काठमाडौँ । श्रीमदभगवद गीता केवल धार्मिक पुस्तकमात्र होइन, गीतामा लेखिएका कुरा आजको युगमा पनि प्रासंगिक छन् । गीताले जीवन व्यवस्थापनका कयौँ कुरा सिकाउँछ जसलाई अनुसरण गरेर जीवनका चुनौतिहरुलाई पार गर्दै सफल हुन सकिन्छ । 

कर्मबिना केहीपनि सम्भव हुँदैन
गीताको तेस्रो अध्यायमा भगवान श्रीकृष्ण अर्जुनलाई कर्मको महत्व बुझाउँदै भन्छन्, ‘हे अर्जुन ! म स्वयं नारायणको अंश हुँ र मेरो लागि कुनै कर्म बाँकी छैन तरपनि म बिना आलस्य गर्दै कर्म गरिरहेको छु किनकी प्रकृति मनुष्यलाई कर्म गर्नको लागि वाध्य गर्दछ । कर्मबिना जीवन शुन्य हुन्छ ।’ हामी यो कुरा वर्तमान जीवनमा आफ्नो नोकरी र व्यवसायसँग जोड्न सक्छौँ । 

जीवनमा यसरी आउँछ खुसीयाली
श्रीकृष्ण कर्मबाट सिद्धि हुने कुरा अर्जुनलाई बताउँछन तर साथै यो कुरा पनि भन्छन कि कर्म गरेको समय हाम्रो भाव जहिल्यै अनासक्त हुनु पर्दछ । अर्थात त्यसमा प्रतिफलको कामना गर्नु हुँदैन । कर्मपछि फल प्राप्तिको चिन्ता आफूमा नलिएर प्रभुमा सुम्पेको राम्रो । यो कुरालाई हामी पारिवारिक र सामाजिक जीवनमा अपनाएर जीवनमा खुसी भर्न सक्नुहुन्छ ।

कर्तव्यपालन बाट प्राप्त हुन्छ शान्ति
कृष्ण भगवान गीतामा भन्छन्— जबसम्म मनुष्यको मनमा कुनैपनि कामना या इच्छा रहन्छ तबसम्म उसलाई शान्ति मिल्न सक्दैन । हामी जुन कर्म गर्दछौँ सोसँगै अपेक्षित परिणाम पनि देख्न थाल्दछौँ । आफ्नो मनपरेको परिणामको इच्छाले हामीलाई दिनप्रतिदिन कमजोर बनाउन थाल्दछ । मनमा ममता या अहंकार आदि भावलाई भूलेर तनमनले कर्तव्यपालन गर्दा शान्ति प्राप्त हुन्छ ।

अगाडि बढ्नको लागि अपनाउनुहोस् यो तरिका
गीताको बाह्रौँ अध्यायमा भगवान श्रीकृष्णले भक्तिको रुप र महत्वको वर्णन गरेका छन् । श्रीकृष्ण भन्छन्— जो व्यक्ति स्थिर मनसँग मेरो सगुण स्वरुपको भक्ति गर्दछ, उ मलाई अवश्य प्राप्त गर्दछ । एकाग्र मनसँग भगवानलाई आजपनि सम्झन सकिन्छ र जीवनमा ध्यानको महत्व केलाउन सकिन्छ । जब मन एकाग्र हुन्छ तब लक्ष्य स्पष्ट रुपबाट देख्न सकिन्छ ।

आफ्नो-आफ्नो धर्मको गर्नुहोस् पालना
श्रीकृष्ण भन्छन्— हरेक मुनष्यले आफ्नो आफ्नो धर्मको पालना गर्दै कर्म गर्नु पर्दछ । बिना कर्म शरीरको पालन पोषण सम्भव हुँदैन । जुन व्यक्तिको जुन कर्तव्य निर्धारित गरिएको हुन्छ सो पालना गर्नु पर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत