प्रविधि

पहिलो पटक सूर्यको स्पष्ट तस्विर प्राप्त, दानेदार सतह

  • एजेन्सी
  • १७ माघ शुक्रबार, २०७६ | १२:३५:०० मा प्रकाशित

हवाई, अमेरिका । वैज्ञानिक पहिलो पटक सूर्यको सबैभन्दा स्पष्ट तस्विर खिच्न सफल भएका छन् । यसलाई हवाईको नेशनल साइन्स फाउन्डेसन (एनएसएफ) को इनौय टेलिस्कोप (डीकेआईएसटी) बाट खिच्न सफल भएको हो ।

वैज्ञानिकका अनुसार हरेक दाना आकारमा फ्रान्सभन्दा ठूलो छ । टेलिस्कोपले सूर्यको ३० किलोमिटर क्षेत्रलाई समेटेको छ । हवाईमा एक पहाडमा टेलिस्कोप स्थापित गरिएको छ ।

सूर्यबाट पृथ्वीको दूरी करिब १५ करोड किमी छ । तस्विरमा सूर्यको सतह कोशिका जस्तै संरचनामा देख्न सकिन्छ । हरेक सेलबीच सैकडौँ किलोमिटरको दूरी छ । (डीकेआईएसटी) का निर्देशक थोमस रिममेले भने, ‘यो तस्विरले सूर्यको सतहमा भएको संरचनालाई देखाउँछ ।’

यसको भिडिओ पनि देखाइएको छ जसमा सूर्यमा हुने विस्फोटलाई १४ सेकेन्डसम्म देखाइएको छ ।

यसबाट सूर्यको बारेमा थप जानकारी मिल्नेछ

टेलिस्कोप नासाका पार्कर सोलर प्रोबसँग काम गर्दछ, जुन सूर्यको परिक्रमा गरिरहेको छ । यूरोपिय अन्तरिक्ष एजेन्सी या नासाको सोलार ओर्बिटरले हामीलाई सूर्यको बारेमा थप जानकारी मिल्न मद्यत गर्दछ । जस्तै कस्मिक किरण धरतीलाई कसरी प्रभावित गर्दछ । सूर्यको कोरोना (केन्द्र) सतहको तुलनामा धेरै गर्मी छ । कोरोनाको तापमान १० लाख डिग्री केल्विन छ, जबकि सतको तपमान लगभग ६००० डिग्री केल्विन मात्र छ । 

एजेन्सी

तपाईँको मत