प्रेरणा

श्री कृष्णलाई किन लगाइन्छ ५६ भोग, जान्नुहोस यो विशेष व्यञ्जनमा के के हुन्छन्

काठमाडौँ । श्री कृष्ण हरेकका लोकप्रिय भगवान हुन् । उनको महिमा जति गरेपनि कम हुन्छ । सबै धर्ममा उनको उच्च गुनगान हुने गरेको पाइन्छ ।

श्री कृष्णसँग जोडिएका धेरै कुराहरुमध्ये कयौँ भक्त उनलाई ५६ भोग लगाएर प्रसादको रुपमा बाँड्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तपाईंलाई थाहा छ यो भोक किन लगाइन्छ ? कुन कुन परिकारहरु समावेश हुन्छन् ? आउनुहोस जानौँ ।

श्री कृष्णलाई ५६ भोग
यस्तो भनिन्छ कि गोकुल धाममा जब बालकृष्ण आफ्नो माता यशोदासँग बस्दथे, तब उनको मैया उनलाई प्रतिदिन आठ पहर अर्थात कुल आठ पटक खान ख्वाउँथिन् । एक पटक जब इन्द्रदेवले गोकुलमा भिषण पानी पारेका थिए, तब श्री कृष्णले सात दिनसम्म केही नखाई गोवर्धन पर्वतलाई एक औँलाले उठाएका थिए । जब वर्षात सकियो सारा गोकुलवासी पर्वतको तलबाट बाहिर निस्किए । यसपछि सबैलाई यो महशुष भयो कि कान्हाले सात दिन केही खाएका छैनन् । सो बेला यशोदा र सबै गोकुलवासीले भगवान कृष्णलाई हरेक दिन आठ पहरको हिसावले सात दिन मिलाएर कुल छपन्न प्रकार (७ दिन गूणा ८ पहर— ५६) दिनको पकवान बनाएका थिए । सबै गोपिनीहरुले लगातार एक महिनासम्म पवित्र यमुना नदीमा स्नान गरे र माँ कात्यायनी देवीको पूरै श्राद्धका साथ पूजा अर्चना गरे ताकि उनलाई पतिको रुपमा कृष्ण मिलोस् । श्री कृष्णले यो जानेर उनीहरु सबैको इच्छा पूर्ति हुने आश्वासन दिए र यो खुसीबाट उनीहरुले श्री कृष्णलाई छपन्न भोग बनाए ।

५६ भोगमा के कुरा समावेस हुन्छन् ?
छपन्न भोगमा त्यहि व्यञ्जन हुन्छ जुन मुरली मनोहरलाई मन पर्थ्याे । सामान्यतयाः यसमा अन्न, फल, ड्रई फ्रुट्स, मिठाई, पेय पदार्थ, नमकिन र अचारजस्तो चिज हुन्छ । भोगलाई पारम्परिक ढंगबाट अनुक्रममा लगाइन्छ । सबैभन्दा पहिले श्री बाँके बिहारीलाई दूध चढाइन्छ । त्यसपछि बेसनबाट बनेको नमकिन खाना र अन्तिमममा मिठाई, ड्राई फ्रुट्स र इलाइची राखिन्छ । सबैभन्दा पहिले भगवानलाई यहि भोग चढाइन्छ र पछि त्यो सबै भक्त र पुजारीलाई प्रसादको रुपमा बाँडिन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत