जीवनशैली

३३ करोडमा हरेक १० मा ६ व्यक्ति एक्लोपनाको शिकार, यसमा सामाजिक मिडिया प्रयाेगकर्ता र युवा पनि

वासिंगटन् । अमेरिकाको जनसंख्या करिब ३३ करोड छ । तर, यहाँ ६१ प्रतिशत अर्थात हरेक १० मध्ये ६ व्यक्ति एक्लोपनासँग जुधिरहेका छन् । निराशाजनक कुरा यो छ कि यो संख्या दैनिक बढिरहेको छ र पछिल्लो एक वर्षमा यस्ता मानिसको संख्या १३ प्रतिशतले वृद्धि भएको छ । 

अर्को आश्चर्यको कुरा के भने यसमध्ये ति युवा जो सोसियल मिडियामा सक्रिय छन, जसको उमेर ३० भन्दा कम छ, तिनिहरु एक्लोपनाको शिकार भइरहेका छन् । 

यो खुलासा अमेरिकी इन्स्योरेन्स एजेन्सी सिग्नाको ताजा रिपोर्टमा उल्लेख गरिएको छ । सिग्नाले सन् २०१८ बाट यो रिपोर्ट निकाल्न सुरु गरेको हो । यो दोस्रो रिपोर्ट हो । रिपोर्टका अनुसार अमेरिकामा एक्लोपना महामारी बन्न सक्छ ।

विशेष गरी एक्लोपना वृद्ध अवस्थामा हुने गर्दछ तर सर्वेको नतिजा अनुसार अहिलेको ठ्याक्कै विपरित र चिन्ताजनक छ । रिपोर्टका अनुसार १८ वर्षदेखि २२ वर्षका ५० प्रतिशत युवाले अकेलापनको महशुष गर्दछन् । यसमा पनि ति समूहको जनसंख्या बढी छ जो सोसियल मिडियामा बढी सक्रिय छन् । नतिजा अनुसार ५८ प्रतिशत महिला र ६४ प्रतिशत पुरुष एक्लोपनासँग जुधिरहेका छन् ।

एक्लोपना, यी हुन लक्षणहरु

  • मानिससम्म आफ्नो कुरा पुग्न नसकिरहेको अवस्था ।
  • मनिसमा गहिराईसम्म पुग्न नसकेको अवस्था ।
  • कयौँ परिचित भएरपनि साथी बन्न नसक्नु ।
  • यस्तो लाग्छ कि तपाईंलाई कोही बुझ्न सकिरहेको छैन ।
  • धेरै व्यक्तिमा समावेश भएर पनि एक्लो बस्न रुचाउनु ।
  • आफैँलाई लिएर नकारात्मक भावना उत्पन्न हुनु ।
  • सामजिक गतिविधिमा संलग्न हुँदा थकित हुनु ।
  • पर्याप्त सामाजिक समर्थन नहुनु ६१ प्रतिशत ।
  • साथीसँग सम्बन्ध नजोडिनु ५४ प्रतिशत ।
  • हामीलाई गलत सम्झिइन्छ ५४ प्रतिशत ।
  • काम र जीवनमा सन्तुलन छैन ५१ प्रतिशत ।
  • भरोषायोग्य साथीको कमी ४९ प्रतिशत ।
  • कामको गुणात्मकतामा कमी ४९ प्रतिशत ।
  • सामाजिक जीवन र सार्थक संवादको कमीबाट एक्लोपना । एजेन्सीको सहयोगमा 
     

गाउँ सहर डेस्क

तपाईँको मत