पर्यटन

जाने हाेइन त चित्लाङ ! पाँच तस्वीरमा मनाेरम दृष्य

काठमाडाैं । चित्लाङमा पर्यटकीय गन्तब्य । मनमाेहक दृष्यावलाेकन ।  स्थानीयले नै उत्पादन गरेका ताजा तरकारी र स्वादिष्ट अर्गानिक खानेकुरा । गाउँ बस्तीकाे आत्मीय स्वागत । चित्लाङ अर्गानिक भिलेज रिसोर्ट । अनि  चित्लाङलाई ग्रामिण पर्यटनको केन्द्र बनाउने प्रवर्द्धक देवेन्द्र नेपाल । 

अहिले सातामा सयौं आन्तरिक र बाह्य पर्यटक चित्लाङ घुम्न पुग्छन्, रमाउँछन्, अनि फर्कन्छन् । अनि आहा क्या ‘स्वर्ग’ जस्तै ठाउँ भनेर फर्कन्छन् । हुन पनि चित्लाङको प्राकृतिक सुन्दरता नै लोभ्याउने खालकै छ । चन्द्रागिरिको काखमा हरियो जंगलले घेरेको उपत्यका, स्वच्छ, मनोरम अनि शान्त छ ।

भरखरमात्र सरकारले चित्लाङलाई ‘पर्यटकीय गाउँ’ भनेर घोषणा समेत गरिसकेको छ ।

उनै चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक नेपालले भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटकका लागि क्वाड बाइक चढेर मज्जा लिन सक्ने व्यवस्था पनि गरेका छन् । 

साथै अहिले चित्लाङमा बन्न लागेको मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयकाे पनि  निर्माण तयार हुँदैछ । 

हेर्नुस् थप चार तस्वीर :

गाउँ सहर डेस्क

तपाईँको मत