जीवनशैली

पारिवारिक समयले निर्धारण गर्दछ ‘नकारात्मकताको अन्त्य र खुसी’

[खुसी बढाउन परिवारलाई समय]

काठमाडौँ । संसारमा मानिसको स्वागत सबैभन्दा पहिले परिवारले गर्दछ । यसमै संस्कार, प्रगति र खुसी जोडिएको हुन्छ । तर भागदौडको परिस्थितिले गर्दा मानिस यो कुराबाट टाढा भागिरहेका छौँ । 

विश्व स्वास्थ्य संगठनका अनुसार, विभिन्न समस्याको कारक पारिवारिक समयको अभाव पनि हो । 

ग्लोबल वेब इन्डेक्सका अनुसार, हरेक व्यक्ति २ घण्टा ५५ मिनेटसम्म सोसियल मिडियामा बिताउँछन् । यसको अर्थ ९३० मिनेटभन्दा बढी एक वर्षमा बिताउँछन् । दिन छुट्याउँदा पनि झण्डै ३९ दिन सोसियल मिडियामा बिताउँछन भारतीय जनता । यहि तथ्यलाई सापट लिएर भन्नुपर्दा नेपालमा पनि यो आंकडा मिल्न जान्छ । यसले एक्लोपना बढाउँदै गएको स्पष्ट गराउँछ । यसकारण सकारात्मकता र प्रगति एवं खुसीपनाको लागि परिवारलाई समय दिनैपर्ने देखिन्छ ।

खुसीकाे सूचकमा नेपाल सन् २०१९ मा ४.९१३ जुन सन् २०१३ को तथ्यांकभन्दा प्रगति हो । त्यो बेला ४.१५६ प्रतिशत मात्र थियो । वैश्विक मानचित्रमा नेपाल १००औँ स्थानमा छ । विश्वको पहिलो स्थानमा फिनल्याण्ड छ जुन ७.७६९ स्कोरमा छ । यस्तै डेनमार्क, नर्बे, आइसल्याण्ड र नेदरल्याण्डले सो उपाधी खोस्न लागिपरेका छन् । सबैभन्दा पुच्छारमा भने दक्षिणी सुडान रहेको छ जसको स्कोर २.८५३ रहेको छ ।

अनुसन्धान भन्छ— परिवारमा हुँदा उमेर, बुद्धि र आँखा तेज

दैनिक २० मिनेट परिवारसँग घुम्नुहोस्
यसले बच्चामा एकाग्रता, आत्मविश्वास बढ्ने छ । एक चिनीयाँ शोधमा भनिएको छ कि यस्ता बच्चाको आँखाको रोशनी अन्य बच्चाभन्दा ३० प्रतिशत बढी राम्रो हुने र गणितमा पनि माहिर हुनेछन् ।

हप्तामा ३ पटक सँगै खाना खानुहोस्
अमेरिकी शोधका अनुसार, सँगै खाना खाँदा तौल नियन्त्रण हुन सहयोग पुग्दछ । तनाव, मुटुसँग जोडिएको रोग लाग्ने खतरा पनि कम हुन्छ । डायनिंग टेवलमा हरेक समस्या समाधान हुन सक्दछ ।

वर्षमा एकपटक छुट्टीमा जानुहोस्
मेसाचुसेट्स यूनिर्भसिटीको अध्ययनले परिवारसँग लामो छुट्टीमा जाँदा बच्चाको मानसिक शक्ति बढ्ने उल्लेख गरेको छ । यसले पारापाचुके (सम्बन्ध विच्छेद) पनि कम गराउँछ ।

७ वर्ष बढी बाँच्छन मानिस
पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित शोधका अनुसार, जो परिवारको नजिक हुन्छन, उनीहरु एक्लोपनाबाट जुधिरहेका मानिसभन्दा ७ वर्ष वढी बाँच्दछन् । उनीहरु विरामी पनि कम हुने गर्दछन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत