अर्थतन्त्र

संसारकै सबैभन्दा महंगो रक्सी, झण्डै ४६ लाख रूपैयाँ !

हंगरी, टोकज । यूरोपको देश हंगरीको प्रमुख पर्यटकिय स्थल टोकजका रक्सी उत्पादकले संसारकै महंगो वाइन उत्पादन गरेका छन् । डेढ लीटर बोतलको नेपाली मूल्य ४५ लाख ४५ हजार ६ सय छ ।

निर्माता कम्पनीका अनुसार, इसेंसिया २००८ डिसेंटर संस्करण भएको रक्सी केवल २० बोतल मात्र तयार गरिएको छ । यसमा १८ बोतललाई सन् २०१९ मा रिलीज गरिएको थियो । निर्माताले १८ मध्ये ११ बोतल रक्सीलाई अहिलेसम्म बेचेका छन् । यो रिलीजको समय संसारकै सबैभन्दा महंगो रक्सीको रुपमा चर्चित थियो ।

डिसेंटरको प्रत्येक बोतललाई एक चमकदार ब्लाक बक्समा राखिएको छ । यसमा एउटा स्विच हुन्छ जसले बोतललाई चमक दिन्छ । आश्चर्यको कुरा यो छ कि यो रक्सीको कुनै पनि दुइ बोतल एकजस्तै छैन । किनकी तिमध्ये प्रत्येक बोतललाई विशेष रुपबाट तयार गरिएको छ । यस भिंटेज रक्सीको एक्सपाइरी डेट २३०० राखिएको छ ।

रक्सी कम्पनीका जनरल मेनेजर जोल्टन कोवाक्सले भने, “इसेंसिया २००८ वाइन तयार भएको ८ वर्ष पछि यो बोतलमा प्याक हुनको लागि उपयुक्त समय मानिन्छ । रक्सीमा अधिकतम ४ प्रतिशत अल्कोहल हुन सक्छ जुन अन्य वाइनको तुलनामा अधिक मानिन्छ । यसलाई वर्षको विशेष मौसममा बनाउने गरिन्छ । यसकारण सीमित मात्रामा बनाइन्छ । इसेंसिया २००८ रक्सीको एक सानो चम्चा मात्र बनाउनमा करिब एक किलोग्राम पाकेको अंगूरको प्रयोग हुन्छ । एक बोतल वाइन बनाउनको लागि करिब २० किलोग्राम अंगूरको आवश्यकता पर्दछ । यसको ३७.५ सेमीको बोतलमा ३ प्रतिशत अल्कोहल हुन्छ ।” एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत