प्रेरणा

सूर्यास्तपछि यी ५ काम नगर्नुहोस्, रिसाउँछिन लक्ष्मी

काठमाडौँ । हिन्दु धर्म शास्त्र अनुसार यी ५ काम सूर्यास्तपछि गर्नु हुँदैन । पौराणिक कथा र ज्योतिषशास्त्रमा कयौँ यस्ता कुराको दावी गरिएको छ जसलाई आजका मानिसपनि मान्ने गर्दछन् । ज्याेतिषशास्त्रको जानकारी अनुसार राति वर्जित कार्य गर्नेसँग लक्ष्मी रिसाउँछिन् । हेर्नुहोस् अन्य नियम के के छन् !

१. साँझ स्नान गरेपछि निधारमा चन्दन नलगाउनुहोस्
साँझ यदी तपाईं सूर्यास्तपछि स्नान गर्नुहुन्छ भने निधारमा चन्दन नलगाउनुहोला । किनकी चन्दन लगाएर तपाईं राति सुत्नुहुन्छ भने चन्दनको पाप्रा तपाईंको आँखामा खस्न सक्छ र रोशनी गुम्न सक्छ वा आँखामा समस्या आउन सक्छ भन्ने मान्यता छ । केही निधारमा लाउनै परे विभूति लगाउन सक्नुहुन्छ ।

२. राति बिना केसर वा बेसार दूध नपिउनुहोस्
अर्को मान्यता यो छ कि राति दूधमा थोरै बेसार या केशर मिलाएर पिउनु पर्दछ । केही नमिसाई नखानुहोस् । किनकी दूधको प्रकृति चिसो हुन्छ र सादा दूध राति झनै चिसो हुन्छ । यसले तपाईंलाई सर्दीको समस्या हुन सक्छ । तपाईं विरामी हुनुभए लक्ष्मी तपाईंबाट टाढा हुनेछिन् ।

३. राति कपडा धुनु हुँदैन
मान्यता यो छ कि राति कपडा धुनु हुँदैन । भनिन्छ राति कपडा धुँदा र त्यसलाई सुकाउँदा कपडामा नेगेटिभ एनर्जी प्रवेश गर्दछ । यस्तो कपडाबाट तपाईंको मनमा नकारात्मक असर पर्दछ । कपडा साँझसम्म नसुके त्यसलाई राति छतको तल फैल्याउनुहोस् ।

४. राति दूध या खाना ढाकेर राख्नुहोस्
अर्को मान्यता यो पनि छ कि राति दूध या अन्य खाना जहिल्यै ढाकेर राख्नु पर्दछ । भलै तपाईं खानेकुरा फ्रिजमा राख्नुहुन्छ तर ढाकेरै राख्नुहोला । भनिन्छ खाना खुला राख्दा यसमा रातको नकारात्मक उर्जा प्रवेश गर्दछ । अर्को तर्क यो पनि छ कि कयौँ प्रकारका साना किरा बाहिर आउने र खानामा प्रवेश गर्न सक्दछन् जसले विरामी भइन्छ ।

५. सूर्यास्तपछि कपाल नकाट्नुहोस्
यो पनि मान्यता छ कि राति कपाल अर्थात रौँ काट्नु हुँदैन । किनकी यसो गर्दा तपाईंमा नकारात्मक असर पर्दछ र लक्ष्मी रिसाउन सक्छिन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत