प्रेरणा

शनि ३० वर्षपछि आफ्नो राशि मकरमा, यी राशिमा राजयोग

काठमाडौँ । ग्रह-गोचरको संसारमा एक ठूलो परिवर्तन हुन गइरहेको छ । सूर्यपुत्र न्यायप्रिय शनिको चाल परिवर्तन हुन गइरहेको छ । शनि २४ तारिख जनवरी २०२० मा अफ्नो राशि मकरमा पुग्नेछन् । मकरमा उनी अढाई वर्षसम्म बस्नेछन् । शनि कुनै एक राशिमा लगभग अढाई वर्ष सम्म रहन्छन् । यसकारण शनिको राशि परिवर्तनसँगै हाम्रो जीवनमा पनि राजनीतिक, सामाजिक, आर्थिक स्थितिमा प्रभाव पर्ने गर्दछ ।

न्यायका देवता भएका कारण सबैलाई न्याय गर्दछन् । विशेष गरी मेहनत र कर्ममा विश्वास राख्नेहरुको लागि सफलता प्राप्त हुन्छ । ज्योतिषशास्त्रमा शनिको राशि परिवर्तनलाई ठूलो घटनाको रुपमा लिएको पाइन्छ । शश राजयोग बन्नेछ ।

शनिको मकर राशिमा गोचर हुँदा मेष, कर्कट, तुला र मकर राशिमा राजयोग निर्माण हुनेछ । यो शनिबाट हुनेवाला सबैभन्दा ठूलो योग भनिन्छ ।

तीस वर्षपछि शनि मकर राशिमा, कुन राशिमा के असर पर्छ !

ज्योतिषशाचार्यका अनुसार शनिदेव लगभग तीस वर्षपछि शुक्रबार २४ जनवरीमा धनुबाट मकरमा जानेछन् । उनीहरुका अनुसार शनिको राशि परिवर्तनले वृश्चिक राशिको साढेसाती समाप्त हुनेछ । तर कन्या र वृश राशिमा शनिको अढैया उत्तर हुनेछन् । कुम्भ राशिमा शनिको साढेसाती र तुला अनि मिथुनमा शनिको अढैया सुरु हुनेछ । यसरी नै धनु, मकर र कुम्भ राशिमा शनिको साढेसाती र मिथुन र तुलामा शनिको अढैया हुनेछ ।

यी राशिमा यस्तो प्रभाव

  1. मेषः नोकरीमा प्रगति, आय बढ्ने छ ।
  2. वृषः राजकृपा, लोकप्रियता बढ्ने छ ।
  3. मिथुनः कार्यमा रुकावट, गृहस्थीमा सामञ्जस्यताको कमी ।
  4. कर्कटः अचानक धनलाभ, साझा व्यापारबाट लाभ ।
  5. सिंहः सफलता, रोगबाट मुक्ति ।
  6. कन्याः भूमि, वाहन योग, माताबाट लाभ ।
  7. तुलाः परीक्षामा सफलता, धार्मिक कार्यमा रुची ।
  8. वृश्चिकः आम्दानी वृद्धि, संकटबाट मुक्ति ।
  9. धनुः मान-सम्मानमा वृद्धि, धनमा वृद्धि ।
  10. मकरः रोकिएको काममा सफलता, कुटुम्ब वृद्धि ।
  11. कुम्भः विदेश यात्राको योग, मानशिक समस्या ।
  12. मीनः सम्पूर्ण कार्यमा सफलता, खर्चमा वृद्धि ।

शनिबाट राहतको लागि यो उपाय गर्नुहोस्

  • शनिबार दशरथ कृत स्रोत पाठ गर्नुहोस् ।
  • बजरंग वाण र सुन्दर काण्डको पाठ गर्नुहोस् ।
  • गरिबलाई मद्यत गर्नुहोस् ।
  • शनिको मन्दिरमा दियो बाल्नुहोस् ।
     

गाउँ सहर डेस्क

तपाईँको मत