विश्व

अष्ट्रेलियामा लागेको आगोको धुवाँले पृथ्वीको चक्कर लगायो, दक्षिण अमेरिकासम्म पुग्यो

वाशिंगटन । अष्ट्रेलियाको जंगलमा लागेको आगोको कारण निस्किएको धुवाँले पूरै पृथ्वीको ४० हजार ७५ किलोमीटर चक्कर लगाउने छ । अहिलेसम्म पृथ्वीको आधा हिस्सा पुगिसकेको छ । नाशाका वैज्ञानिकले त्यसलाई ट्र्याक गरिरहेको छ । यो अहिले तस्मान सागर र प्रशान्त महासागरबाट अगाडि बढिरहेको छ । अष्ट्रेलियाको जंगलमा फैलिएको आगलागीबाट २५को मृत्यु भइसकेको छ । करिब २००० भन्दा बढी घर पूर्णतयाः ध्वस्त भइसकेका छन् ।

नासाका अनुसार, ८ जनवरीसम्म धुवाँले ११ हजार किलोमीटरको दूरी तय गरेको थियो । यो न्यूजील्याण्डको तटीय इलाकालाई छाडेर दक्षिण अमेरिका नजिक पुगेको छ । अष्ट्रेलियामा अघिल्लो वर्ष सेप्टेम्बरमा जंगलमा आगो लागेको थियो । यसपछि सिडनी, मेलबर्न, एडिलेड र कैनबरा बाक्लो धुवाँले ढाकिसकेको थियो । साथै न्यूजील्याण्डसम्म पुगिसकेको थियो ।

नासाका अनुसार, पछिल्लो केही हप्तामा धुवाँ अष्ट्रेलियाको आकाशमा फेरि छाउनेछ । अष्ट्रेलियाका न्यू साउथ वेल्स, विक्टोरिया र दक्षिण अष्ट्रेलियाको जंगलबाट निस्केको धुवाँ आउने समयमा कयौँ तुफानको कारण बन्न सक्छ । तर यो प्रकारको तूफानबाट वर्षा हुँदैन ।

वैज्ञानिकका अनुसार, जंगलमा लागेको आगोले गर्मी बढाएको छ । यसले खरानी र धुवाँ वायुमण्डलको माथिल्लो भाग र समताप मण्डलको तल्लो भागमा करिब १५ हजार किलोमीटरसम्म पुग्न सक्छ । यति उचाईमा पुगेर धुवाँ आफैँ अगाडि बढ्न सक्छ र पूरै संसारको हावालाई प्रभावित गर्न सक्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत