प्रेरणा

मकर संक्रान्तिमा भगाउन सक्नुहुन्छ सूर्य दोष, केवल अपनाउनुहोस यो उपाय

काठमाडौँ । हिन्दुहरुको प्रमुख पर्व मकर संक्रान्ति भोली माघ १ गते मनाइँदैछ । मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । यसरी सूर्यकाे एक राशिबाट अर्को राशिमा प्रवेशको यो विस्थापन क्रिया नै संक्रान्ति हो । 

भोली संक्रान्तिको दिन, कुनैपनि व्यक्तिको राशिमा सूर्य दोष भएमा केही खास उपायले त्यसलाई भगाउन सकिन्छ । आउनुहोस ति उपाय के हुन जानौँ ।

दान गर्ने शुभ समय
हिन्दु धर्मशास्त्र अनुसार मकर संक्रान्तिको दिन सुरु भएको छ घण्टा भित्र यदी कुनै व्यक्ति दान पुण्य गर्दछ भने त्यसको विशेष महत्व हुन्छ । यसको अर्थ यो वर्ष भोली माघ १ गते विहान ७ बजेर ३४ मिनेटदेखि १२ बजेर ४६ मिनेटसम्म दान गर्दा अभीष्ट लाभ प्राप्त हुनेछ ।

संक्रान्तिमा के दान गर्ने ?
सूर्य सम्बन्धी दोषलाई समाधान गर्नको लागि संक्रान्ति उत्तम समय हो । यदी तपाईंले रक्त, सन्तान, मस्तिष्क सम्बन्धी समस्या या उच्च रक्तचापबाट समस्या भोगिरहनु भएको भए, कुण्डलीमा सूर्य कि तल भएर तुला राशिमा स्थित छ या वृष, धनु या मीन राशिमा भए ।

सूर्य सम्बन्धी दोष भगाउन यी उपाय
स्वास्थ्य सम्बन्धी यी समस्याको समाधान बुधबार अर्थात भोली विहान एक ताम्रपत्रमा जल लिएर त्यसमा कुमकुम, सक्खर र एक बेलपत्र राख्नुहोस र यो मन्त्रले सूर्यलाई सात पटक जल चढाउनुहोस्— मन्त्रः ‘नमो नमः सहस्रांशु आदित्याय नमो नमः ह्रीं सूर्याय नमः ।’

तिल, रातो वस्त्र, हरियो फल र सक्खर या गुड दान गर्नुहोस् । प्रत्येक आइतबार सूर्यलाई यसैगरी जल चढाउनुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत