विश्व

‘प्लास्टिकबाट १८ क्यारेटको सुन ! दश गुणा हल्का’

[जनसँख्या करिब ७.६ अर्ब, करिब ९.१ अर्ब टन प्लास्टिक]

लण्डन । पर्यावरणलाई सबैभन्दा हानी पुर्याइरहेको प्लास्टिकबाट इन्धन र सडक बनाउने जस्ता कुराहरुमा प्रयोग भइसकेको छ । तर, संसारमा पहिलो पटक स्विस बैज्ञानिकहरु प्लास्टिकबाट सुन बनाउन सफल भएका छन् ।

विश्वास नलाग्ला तर यस्तै भएको छ । मैट्रिक्सलाई मिश्र धातुको रुपमा प्रयोग गरेर सुन बनाएका हुन् । १८ क्यारेटको यो सुन तौलमा पनि धेरै हल्का र यसको चमक पनि असली सुन जस्तै छ । यसलाई सजिलैसँग पोलिश पनि गर्न सकिन्छ ।

बैज्ञानिकले भनेका छन्— हल्का भएको कारण यो सुन घडी र ज्वेलरीको रुपमा धेरै लोकप्रिय हुनेछ ।

यो शोध साइन्स जर्नलमा प्रकाशित गरिएको छ । स्विस विश्वविद्यालय ईटीएच ज्यूरिखका बैज्ञानिक राफेल मेजेन्गाले भने, ‘सुनको नयाँ रुप विकसित गरिएको छ, यसको वजन पारम्परिक १८ क्यारेटको सुनभन्दा लगभग दश गुणा कम छ ।’

‘पारम्परिक मिश्रणमा प्रायः तीनचौथाई सुन र एक चौथाई तामाको प्रयोग हुन्छ । जसको घनत्व लगभग १५ ग्राम हुन्छ । तर प्लास्टिकबाट बनेको यो सुनको धनत्व केवल १.७ ग्राम मात्र छ । फेरी यो १८ क्यारेटको सुन हो । यसलाई बनाउनको लागि प्रोटिन फाइबर र एक पोलिमर लेटेक्सको प्रयोग गरियो । यसमा पहिले सुनको नैनोक्रिस्टलको पातलो डिस्कलाई राखियो । पहिले पानी र पछि अल्कोहलको माध्यमबाट घोलेर तयार गरियो । यो घोललाई कार्बन डाइअक्साइड ग्यासको उच्च दबावबाट प्रवाहित गरेर यसलाई ठोस आकारमा बदलियो । शोधकर्ताले यो बनाउने प्रक्रिया र सामाग्री दुबैको लागि पेटेंटको आवेदन गरेका छन् ।’ मेजेन्गाले भने ।

अमेरिकाको स्टेनफोर्ड यूनिर्भसिटीले हालै गरेको अनुसन्धानका अनुसार पृथ्वीमा करिब ९.१ अर्ब टन प्लास्टिक छ । यो समय संसारको जनसँख्या करिब ७.६ अर्ब छ । अर्थात हरेक व्यक्तिको भागमा १.२ टन प्लास्टिक पर्छ । माइक्रोप्लास्टिकको हानिकारक केमिकलले शरीरलाई सबैभन्दा बढी नोक्सानी पुर्याइरहेको छ । हरेक व्यक्ति प्रतिदिन अन्जानमा माइक्रोप्लास्टिकको २०० टुक्रा खान्छन् । यसको कारण आहार नलीमा इन्फेक्शन फैलिइरहेको छ । यसमा सामान्यः मानिस कुनै न कुनै विरामीको शिकार भएका छन् र यसमा सबैभन्दा बढी पेटको विरामी छन् । एजेन्सीको सहयोगमा 

गाउँ सहर डेस्क

तपाईँको मत