जीवनशैली

८० किलोको १०० वर्षकाे कछुवा : ८०० बच्चाका पिता, सेवानिवृत हुँदै

क्यालिफोर्निया । ८० किलोको १०० वर्षको एक कछुवाले आफ्नो पूरै प्रजाति बचाउनमा अहम उपलब्धि हासिल गरेको छ । 

डिएगो नामक एक कछुवाले एक, दुई मात्र होइन, ८०० कछुवालाई जन्म दिएर अहम भूमिका निभाएको छ ।

डिएगो चेलोनोएडिस डूडेसिस नामक प्रजातिको कछुवा हो । करिब ५० वर्ष पहिले केवल दुइ भाले कछुवा र १२ पोथी कछुवा बचेका थिए । गालापोगास आइलैंडमा यीनिहरु यति ठूलो स्थानमा रहन्छन कि यीनको जनसँख्या बढ्ने कुराले समस्या आइरहेको थियो ।

सन् १९६५ मा डिएगोलाई १४ अन्य कछुवासँगै आइलैंड चिडियाघर ल्याइएको थियो । डिएगोलाई सबैभन्दा पहिले १२ पोथी कछुवासँग राखिएको थियो ।

पार्कका रेन्जरले भने- यो समय कछुवाको जनसँख्या २००० बढ्यो । यसमा ४० प्रतिशत अर्थात ८०० कछुवाको जन्ममा डिएगोको भूमिका रह्यो । करिब पाँच दशकसम्म आफ्नो प्रजाति बढाउनमा भूमिका निभाएपछि उसलाई यहि वर्ष मार्चमा सेवानिवृत गरिँदैछ । सो समय पछि उसको घर प्रशान्त महासागरस्थित गालापोगास आइलैंड पठाइने छ । एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत