प्रेरणा

मकर संक्रान्तिः अवश्य बनाउनुहोस यी चीजका प्रसाद, पुण्यसँगै स्वास्थ्यको लागि वरदान

काठमाडौँ । दान-पुण्यको महापर्व मकर संक्रान्ति माघ १ अर्थात १५ जनवरी अर्थात पर्सि छ । संक्रान्तिको तयारीमा सबै जुटिसकेका छौँ/छन् । 

मकर संक्रान्ति ‘मकर’ शब्द मकर राशिबाट इङ्गित छ भने ‘संक्रान्ति’ शब्दको अर्थ संक्रमण अर्थात प्रवेश गर्नु हुन्छ । मकर संक्रान्तिको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन् । एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने यो विस्थापन क्रियालाई नै संक्रान्ति भनिन्छ ।

ज्योतिषशास्त्रीका अनुसार २९ पौष राति २ बजेर २३ मिनेटमा सूर्य धनुबाट मकर राशिमा संक्रमण हुनेछ । संक्रान्तिको मध्य राति पश्चात भए पुण्यकाल अघिल्लो दिनको पूर्वाह्न्नमा हुनेछ । दिनमा संक्रान्ति भए पूरा दिन पुण्यकाल र मध्यरात्रिभन्दा पहिले संक्रान्ति भए, दिनको उत्तरार्धमा पुण्यकाल हुने गर्दछ ।

धर्मको महिना माघ मकर संक्रान्तिबाट सुरु हुन्छ । माघमा गायत्री र सूर्यको उपासना प्राचीन कालबाट गरिँदै आएको छ । माघमा विहान स्नान गर्दा सूर्यको उर्जा प्राप्त हुन्छ । यतिमात्र होइन, संक्रान्तिको दिन धार्मिक नदी वा गंगामा स्नान गर्दा एक करोड अश्वमेघ यज्ञ समान फल प्राप्त हुन्छ । संक्रान्ति पश्चात सूर्य उत्तरायण हुने गर्दछ । यो मान्यता छ कि दिवंगत आत्मा पनि उत्तर दिशामा हुने गर्दछन्, जसलाई देवताहरुको सानिध्यता प्राप्त हुने गर्दछ ।

मकर संक्रान्तिको शुभ मुहूर्त
मकर संक्रान्ति — २०७६ माघ १ गते (१५ जनवरी २०२०)
संक्रान्ति काल — ७ बजेर ३४ मिनेटमा (माघ १ गते अर्थात १५ जनवरी)
पुण्यकाल — ७ बजेर ३४ मिनेटदेखि १२ बजेर ४६ मिनेटसम्म
महापुण्य काल — ७ बजेर ३४ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म
संक्रान्ति स्नान — प्रातः काल, माघ १ गते
ज्योतिषशास्त्रीका अनुसार २९ पौष राति २ बजेर २३ मिनेटमा सूर्य धनुबाट मकर राशिमा संक्रमण हुनेछ । यसकारण मकर संक्रान्ति १ माघमा मनाइन्छ ।

तिल-सक्खरको लड्डू र पकवान
चिसोको मौसममा वातावरणको तापमान धेरै कम हुने गर्दछ । जसको कारण शरीरमा कयौँ प्रकारका रोगले घेर्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा सक्खर र तिलबाट बनेको चीज पकाएर खान र ख्वाउन सकिन्छ । तिल र गुडले शरीरमा गर्मी पैदा गराउनका साथै कयौँ पोषक तत्वपनि प्रदान गर्दछ । नेपालका केही स्थानमा यो दिन खिचडीलाई प्रसादको रुपमा पनि ग्रहण गरिन्छ । खिचडीसँगै यो दिन गुड-तिल जस्ता अन्य पकवानलाई प्रसाद स्वरुप ग्रहण गरिन्छ ।

यी चीज दान गर्नुहोस्
मकर संक्रान्तिको दिन गरिब र आवश्यकता भएकाहरुलाई दान दिनु अत्यन्त पुण्यकारी कार्य मानिएको छ । यो दिन खिचडीको दान दिनु विशेष फलदायी मानिन्छ । यो दिन सबै शुभ कार्यमा लागेको प्रतिवन्ध पनि समाप्त हुने गर्दछ । नेपालका धेरै स्थानमा खिचडी खानु र दान गर्नुको अत्यन्तै धेरै ठूलो महत्व रहेको विश्वास गरिन्छ ।

मकर संक्रान्तिको महत्व
मकर संक्रान्तिको दिन सूर्य आफ्नो पुत्र शनिदेवसँग क्रोध विर्सिएर उनको घर गएका थिए । धार्मिक मान्यता अनुसार, यो दिन पवित्र नदीमा स्नान, दान, पूजा आदि गर्दा व्यक्तिमा पुण्य प्रभाव हजार गुणा बढ्दछ । यो दिनबाट मलमास सकिएपछि शुभ महिना प्रारम्भ हुने गर्दछ । यो महत्वपूर्ण दिनलाई सुख र समृद्धिको दिन पनि मानिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत