गाउँ सहर

पृथ्वीनारायण शाह जसकाे जीवन र उपदेश प्रेरणादायी छ

आज पुस २७ गते । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस ।

नेपाललाई अहिलेको अवस्थामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । तर कतिपयले भने शाहको आलोचना गर्छन् ।

तर लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको छ । तैपनि पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा हुन् भन्ने प्रष्ट हुन्छ ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म पौष २७ गते १७७९ विक्रम संवत्मा भएको हो । विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए । ‘विशाल–नेपाल’–सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो ।

Prithibi-Naryan-Saha-2

पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।

पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई माथी उल्लेखित राजाहरूले लामो समय बचाइ राख्न सकेनन अथवा आफ्ना भाइ छोरा हरूमा आफ्नै जीवनकालका बाडेर गए । तर पृथ्वी नारायण शाहले एकीकरण शुरू गरेपछी नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए ।

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो ।

Prithibi-Naryan-Saha-3

यिनले सानो सानो क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

Prithibi-Naryan-Saha-5

नेपाल एकीकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको नेपाल अङ्ग्रेज युद्ध जस्लाइ एङ्गलो-नेपाल युद्ध (१८१४?१६) पनि भनिन्छ पछी भयो ।उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिमक्षेत्रमा हालको भारतको उतरान्चल राज्य , हिमन्चल राज्य तथा पन्जावमा पर्ने केही साना सतलज नदी पारीका पहाडी रजौटा समेत पर्दथे भने पुर्वमा दार्जीलिङ, देखी लिएर टिष्टा नदी सम्मको तराइ तथा पहाडी भुभाग ब्रिटिश इस्ट इण्डिया कम्पनि सरकारलाई सुगौली सन्धी अन्तर्गत सुम्पनु पर्यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्यो । तर ब्रिटिश ले नेपाललाई १८२२ मा मेची देखी राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखी माहाकाली बिचको तराइ भुभाग १८६० मा फर्काएका थिए । भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि सुगौली सन्धि खारेज भइ नेपालको भु भाग त्यागनु पर्नेमा हाल ती भुभाग हडपेर बसेको छ। उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी  कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे ।

पृथ्वीनारायण शाहले दिएका केही दिव्य उपदेशहरु :

१. तिम्रो दक्षिणको छिमेकी निकै धुर्त छ उसले कुनै पनि बेला घात गर्न सक्छ उसबाट सधैं बच्नु ।
२. मेरा साना दुखले आर्जेको मुलुक होइन ।
३. हाम्रो देश सबै जातिको साझा फुलबारी हो ।
४. नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।
५. टक्सार चोखो चलाउनु, अदालतको पैसा दरबार नहाल्नु ।
६. भारतीय व्यापारीहरुलाइ सीमा प्रवेश अनुमति नदिनु ।
७. घूष लिन्या र दिन्या दुवै राष्ट्रका महाशत्रु हुन यिनीहरूको त ज्यान नै लिए पनि माफी हुनेछ ।
८. अङ्ग्रेजहरु बाइबल लिएर पस्न सक्छन तिन्लाइ प्रवेश निषेध गर्नु ।

पृथ्वीनारायण शाहले दिएका तिनै उपदेशहरु एक विशाल जग बनेको छ तर खै उपदेशहरु पालन गर्न सकेको हामीले अनि हाम्रो राज्यले ?”घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन ” यस्ता उनका अभिव्यक्ति अहिले पनि निकै सान्दर्भिक छन् ,भ्रष्टाचारले गाजेको राज्यसत्तामा कसले यिनको चासो राख्ला खै ? अहिले पनि उनी जस्तै दुरदर्शी शासक हाम्रो राज्यमा भएदेखि हामी साँच्चै संसारकै विकसित राष्ट्रहरु मध्य एक हुन्थ्यौं । उनी हाम्रा पुर्खा हुन् । उनले हामीलाई एक सिङ्गो राष्ट्र दिएर गए एक यस्तो राष्ट्र जुन कहिल्यै परशक्तिसँग झुकेन न त कहिल्यै बन्धक भएर नै बस्यो ।

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ ।

आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।

पृथ्वी जयन्तीको अवसरमा विगतमा सार्वजनिक बिदा दिइने गरेको थियो । तर, पछिल्ला केही वर्षयता बिदा कटौती भएको छ । यद्यपि, राजनीतिक दलसँगै नागरिकस्तरबाट पृथ्वी जयन्ती मनाइने गरेको छ ।

यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदैछन् । नेपाली सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाडौंसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

 

 

गाउँ सहर डेस्क

तपाईँको मत