अर्थतन्त्र

सुनको मूल्य आकासिँदै, यी हुन कारणहरू

[ईरान-अमेरिका तनाव]

काठमाडौँ । ईरान-अमेरिका सैन्य टकराबका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि छाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार १६०० डलर प्रति औँस थियो । वैश्विक बजारमा सुनको भाउ करिब सात वर्षपछि १६०० डलर प्रति औँसभन्दा माथि गएको छ ।

नेपालमा बिहिबारको मूल्य अनुसार सुन तोलाको ७५५०० छ भने तेजावी ७५२०० र चाँदी तोलाको ९०० पुगेको छ ।

ईरान-अमेरिका बीचको भू-राजनीतिक तनावबाट तेल, धातु जस्ता सामानमा अभाव हुनसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् । यी दुई राष्ट्रको तनावसमेत यी ९ कारण जसले सुनको भाउ ह्वात्तै बढाउँदैछः—

१. ईरान-अमेरिका तनावः बुधबार ईरानले विहानको समयमा अमेरिकी सैन्य बल र अमेरिकी बेसमा मिसाइल हमला गर्यो । यसले लगानीकर्ताले जोखिम उठाउनबाट हटेर सुरक्षित विनियोग मानिने पहेँलो धातुमा गरे ।

२. वैश्विक आर्थिक सुस्तताः बितेको १८ महिनामा अमेरिका र चीनबीचको व्यापारिक मसलालाई लिएर टकराव भयो जसको कारण वैश्विक अर्थव्यवस्थाको विकास सुस्त गतिमा भएको छ । यहि भएर पनि अघिल्लो वर्ष सन् २०१९ मा सुनको दरमा उच्चता छायो ।

३. ब्याज दरमा कटौतीः वैश्विक स्तरमा पछिल्ला दिनहरुमा केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौति गरे । जसको कारण सुनको मूल्य उक्लियो ।

४. निवेश अर्थात विनियोगः लगानीको सुनिश्चितताः आजपनि सुन-चाँदीमा लगानी सुरक्षित मानिन्छ । घर-जग्गाको क्षेत्रमा लगानी कमजोर रहेका कारण पनि सुनमा लगानी बढेको छ । 

५. हूरी शैलीको प्रवृत्तिः अर्थ पण्डितहरुका अनुसार पछिल्ला वर्षमा इक्विटीमा पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो फिर्ता मिल्यो, तर पछाडि गिरावटको आशंका छ । जसमा सुनप्रति लगानी बढ्नेछ किनकी यो विनियोगको सुरक्षित उपकरण हो ।

६. इक्विटी गिरावटको आशंकाः इक्विटी मार्केटमा भएको ठूलो छनौट पनि उचो सुन रकमको कमाल हो । यो क्रम अझै बढ्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।

७. केन्द्रीय बैंकको खरीदः केन्द्रीय बैंकमा लगानी पनि सुन वृद्धिको अर्को कारण हो । अर्थशास्त्रीका अनुसार केन्द्रीय बैंकमा खरीद बढेको छ, जसले यसको मूल्यमा आउने दिनहरुमा पनि सहयोग प्राप्त हुनेछ ।

८. एक्सचेंज ट्रेडेड फण्ड (ईटीएफ)  को ठूलो सँख्याको खरीदः एक्सचेंज ट्रेडेड फण्ड (ईटीएफ) ले ठूलो सँख्यामा शेयर खरीद गरेको छ । पछिल्लो वर्ष ग्लोबल ईटीएफ खरीदमा करिब २९५ टनको वृद्धि भयो र ईटीएफ होल्डिंग वर्षको अन्तिममा २,३०८.६ टन रह्यो ।

९. रुपैयाँमा कमजोरीः यो पनि एक कारण हुनसक्छ, सुनको मूल्य वृद्धिमा । जबजब सुनमा उचो दर आउँछ तब खरीद पनि बढी हुने गरेको छ । यसको विपरित रुपैयाँमा गिरावट आउँदा खरीदको चाहना कमजोर हुने गर्दछ ।

सुन-चाँदी व्यवसायी महासंघका अनुसार यो वर्ष सुनको मूल्यमा तोलाको १००० तलमाथि पर्नसक्ने छ । यो सामान्य अवस्था हो । तर ईरान-अमेरिकाको तनाब बढ्न गएमा यसले कुन रुप लिन्छ अनुमान गर्न गाह्रो हुने महासंघका एक सदस्यले बताए । उनका अनुसार यदी सुनको अवस्था धेरै समयसम्म उचो भएमा चाँदीको व्यापार बढ्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत