प्रेरणा

मकर संक्रान्तिको शुभ मुहूर्त, कुन राशिमा के असर पर्छ ?

काठमाडौँ । दान-पुण्यको महापर्व मकर संक्रान्ति माघ १ अर्थात १५ जनवरीमा मनाइन्छ । 

ज्योतिषशास्त्रीका अनुसार २९ पौष राति २ बजेर २३ मिनेटमा सूर्य धनुबाट मकर राशिमा संक्रमण हुनेछ । यसकारण मकर संक्रान्ति १ माघमा मनाइन्छ । 

संक्रान्तिको मध्य राति पश्चात भए पुण्यकाल अघिल्लो दिनको पूर्वाह्न्नमा हुनेछ । दिनमा संक्रान्ति भए पूरा दिन पुण्यकाल र मध्यरात्रिभन्दा पहिले संक्रान्ति भए, दिनको उत्तरार्धमा पुण्यकाल हुने गर्दछ ।

धर्मको महिना माघ मकर संक्रान्तिबाट सुरु हुन्छ । माघमा गायत्री र सूर्यको उपासना प्राचीन कालबाट गरिँदै आएको छ । माघमा विहान स्नान गर्दा सूर्यको उर्जा प्राप्त हुन्छ ।

ज्योतिषशास्त्रीका अनुसार यो पटक संक्रान्तिको वाहन गर्दभ हुनेछ । संक्रान्तिको पुण्यकाल जनवरी १५ बुधबार दिनभर दान-पुण्य र स्नान गर्न सकिन्छ । मकर राशिमा प्रवेश गर्दै सूर्यदेव उत्तरायण हुनेछन् । दिनमा बढ्दै जानेछन् । यसको साथै धनु मलमास पनि समाप्त हुनेछ र मांगलिक कार्य सुरु हुनेछ ।

१५ जनवरीमा धनुबाट निस्किएर मकर राशिमा प्रवेश गर्नेछन सूर्यदेव ।

कुन राशिमा के प्रभाव ?

मेषः धन लाभ
वृषः मान प्राप्ति
मिथुनः विजय, खर्च बढ्नेछ 
सिंहः भाग्यको उदय, सम्पति लाभ
तुलाः धन लाभ
वृश्चिकः विवाद
धनुः पदोन्नति
मकरः यश कीर्ति
कुम्भः मान-सम्मान
मीनः रोग पीडा ।

मकर संक्रान्तिको शुभ मुहूर्त

  • पुण्यकाल विहान ७ बजेर ३४ मिनेटदेखि १२ बजेर ४६ मिनेटसम्म
  • महापुण्यकाल विहान ७ बजेर ३४ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म ।

मकर संक्रान्तिसँगै मांगलिक कार्यका शुभारम्भ हुनेछ । वर्षको पहिलो विवाह मुहूर्त १५ जनवरीमै पर्नेछ । सूर्यको धनु राशिबाट मकर राशिमा प्रवेश सँगै विवाह, गृह प्रवेश, नयाँ वाहन, भवन, मुन्डन जस्ता शुभ कार्य सुरु हुनेछ ।

मकर संक्रान्तिको दिन दान-दक्षिणाको विशेष महत्व रहेको छ । यो दिन दान-पुण्य र अनुष्ठान अभीष्ठ फल दिने हुन्छ । धार्मिक मान्यता अनुसार, सूर्यदेव जब मकर राशिमा आउँछन, शनिको प्रिय वस्तुको दानले भक्तमा सूर्यको कृपा बनिरहने हुन्छ । यसकारण मकर संक्रान्तिको दिन तिल निर्मित वस्तुको दानले शनिदेवको विशेष कृपाबाट घर परिवारमा लाभ मिल्ने गर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत