विश्व

‘आगोको चपेटामा परेको अष्ट्रेलिया पेशेवर शुटरबाट १० हजार ऊँट मार्दै’

केनबरा । अष्ट्रेलियाका ९० स्थानको जंगल आगलागीबाट प्रभावित छ । अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ भने हजारौँ चपेटामा परेका छन् । आगोको पूर्ण असर वन जीवनमा परेको छ । यहाँ अहिलेसम्म ५० करोडभन्दा बढी जनावर र जीवजन्तु मरिसकेका छन् । 

यतिविघ्न जनावर मरिसकेको ठाउँमा अष्ट्रेलिया अब १० हजार ऊँट मार्न गइरहेको छ । कारण यी ऊँटले वर्षभरिमा एक टन मीथेन उत्सर्जित गर्दछ, जसले त्यति नै कार्बन डाईअक्साइड बराबर हुन्छ । ऊँटको बढ्दो जनसँख्या पनि देशको लागि समस्या बनिरहेको छ । किनकी सख्खा इलाकामा बढी पानी पिउने गरिन्छ । 

स्थानीय संगठन एपीवाईका अनुसार, ऊँटलाई मार्न जानुको कारण दक्षिण अष्ट्रेलियामा पानीको कमी हुनु पनि हो । स्थानीयका अनुसार हामी पानीकै कारणले भण्डारण गर्दछौँ । ऊँट त्यो पानी पिउन आउँछन् । घरको आसपासमा घुम्छन् । फेंसिंगलाई पनि नोक्सानी पुर्याउँछन् । बुधबारबाट हेलिकप्टरबाट पेशेवर शुटरले ऊँटलाई मार्न सुरु गर्नेछन् । अष्ट्रेलियामा यसको जनसँख्या १२ लाखभन्दा बढी छ ।

स्थानीय प्रशासनको दावी यो छ कि जंगली ऊँटको जनसँख्या हरेक ९ वर्षमा दोब्बर हुने गर्दछ । यहाँ सन् २००९ देखि २०१३ सम्म १.६० लाख ऊँटलाई मारिएको थियो । यसको अलावा रिपोर्टमा यो दावी पनि गरिएको छ कि ऊँट ग्लोबल वार्मिंगलाई पनि बढवा दिइरहेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत