प्रेरणा

मकर संक्रान्ति : धार्मिक नदीमा स्नान गर्दा के पाइन्छ ?

काठमाडौँ । माघे संक्रान्ति/मकर संक्रान्ति, उत्तरायण आरम्भ/मकर स्नान आरम्भ, र घ्यु चाकु खाने दिन विभिन्न नामबाट परिचित छ माघ १ गते । मकर संक्रान्तिको नेपाली समाजमा विशेष महत्व त छँदैछ, यो दिन धार्मिक नदीमा स्नान गर्दा अश्वमेघ यज्ञ गर्दा प्राप्त हुने फल प्राप्ति हुने गर्दछ ।

माघमा कृष्ण पक्ष त्रयोदशीमा भगवान भास्करको राशि परिवर्तन हुन्छ । उनी धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेछन् । सूर्य मकर राशिमा पुगेपछि माघ १ अर्थात १५ जनवरीमा सम्पूर्ण दशमा मकर संक्रान्ति मनाइन्छ ।

ज्योतिषशास्त्रीका अनुसार २९ पौष राति २ बजेर २३ मिनेटमा सूर्य धनुबाट मकर राशिमा संक्रमण हुनेछ । यसकारण मकर संक्रान्ति १ माघमा मनाइन्छ । संक्रान्तिको मध्य राति पश्चात भए पुण्यकाल अघिल्लो दिनको पूर्वाह्न्नमा हुनेछ । दिनमा संक्रान्ति भए पूरा दिन पुण्यकाल र मध्यरात्रिभन्दा पहिले संक्रान्ति भए, दिनको उत्तरार्धमा पुण्यकाल हुने गर्दछ ।

धर्मको महिना माघ मकर संक्रान्तिबाट सुरु हुन्छ । माघमा गायत्री र सूर्यको उपासना प्राचीन कालबाट गरिँदै आएको छ । माघमा विहान स्नान गर्दा सूर्यको उर्जा प्राप्त हुन्छ ।

ज्योतिषका अनुसार मकर संक्रान्तिमा धार्मिक नदी वा गंगामा स्नान गर्दा एक करोड अश्वमेघ यज्ञ समान फल प्राप्त हुन्छ । संक्रान्ति पश्चात सूर्य उत्तरायण हुने गर्दछ । यो मान्यता छ कि दिवंगत आत्मा पनि उत्तर दिशामा हुने गर्दछन्, जसलाई देवताहरुको सानिध्यता प्राप्त हुने गर्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत