विश्व

जापानकी केन तनाका संसारकै सबैभन्दा बढी उमेर भएकी जीवित मानव, ११७ औँ जन्मदिन मनाउँदै

  • एजेन्सी
  • २१ पौष सोमबार, २०७६ | १६:४३:०० मा प्रकाशित

टोक्यो । जापनकी केन तनाका संसारकै बढी उमेरकी जीवित मानव बनेकी छन् । उनले आइतबार फुकुओकाको नर्सिंग होममा साथी, रिश्तेदारी र नजिककासँग आफ्नो ११७ औँ जन्मदिन मनाइन् । स्थानीय मिडियाका अनुसार, उनको जन्म २ जनवरी १९०३ मा भएको थियो ।

अघिल्लो वर्ष ९ मार्चमा ११६ वर्ष ६६ दिन पूरा भएपछि उनको नाम बढी उमेरको महिलाको रुपमा गिनीज वल्ड रेकर्डसमा दर्ता गरिएको थियो । उनी आठ भाई-बहिनीमध्ये ७ औँ नम्बरकी हुन् । 

१९ वर्षमा तनाकाको विवाह हिदेओ तनाकासँग भएको थियो । उनका चार सन्तान छन् । उनले पछि एक बच्चा गोद पनि लिएकी थिइन् ।
 

एजेन्सी

तपाईँको मत