जीवनशैली

चूराबाट उर्जा, तपाईंलाई थाहा छ ? यसकारण लगाइन्छ 

काठमाडौँ । चूरा कुनैपनि धातुबाट बनेको किन नहोस, तर अन्तिममा यसको महत्व हातको सुन्दरता बढाउनको लागि उपयोग हुँदै आएको छ । वैज्ञानिक दृष्टिबाट चूरा जुन धातुबाट बनेको हुन्छ, त्यसलाई लगाउँदा महिलाको नजिक रहेको वातावरण तथा स्वयं उनीहरुको स्वास्थ्यमा पनि असर पुग्ने गर्दछ । चूरा लगाउनु धार्मिक महत्वसँगै वैज्ञानिक लाभ पनि उत्तिकै छ ।

  • शारीरिक रुपमा महिला पुरुषको तुलनामा कमजोर हुन्छन् । महिलाको हड्डि पनि कमजोर नै हुन्छ । चूरा लगाउँदा महिलाको शारीरिक परिवर्तन हुन्छ । पूरातन समयमा स्त्री सुन या चाँदीको चूरा लगाउँथे । सुन या चाँदीले लगातार शरीरमा सम्पर्क गर्दा यसमा रहेको धातुको गुणले शरीरलाई फाइदा पुग्दछ ।
  • आयुर्वेदका अनुसार सुन वा चाँदीले शरीरमा बल प्रदान गर्दछ । यसको घर्षणले शरीरमा शक्तिशाली तत्व प्राप्त हुने गर्दछ । 
  • मान्यता अनुसार महिला जब घरमा काम गर्दछन, चूराको आवाजले घरमा नकारात्मक उर्जालाई भगाउँछ । धार्मिक मान्यता अनुसार विवाहित महिला चूरा लगाउँछन भने पतिको उमेर लामो हुन्छ । 
  • हत्केलादेखि माथि ६ इन्चसम्म एक्यूपंचर पोइन्ट्स हुन्छ, यसमा चूराको दबाव पर्दा शरीरमा उर्जा पैदा हुन्छ ।
  • चूराले हातमा घर्षण गराउँछ । यसले हातको रक्तसंचार बढाउँछ ।
  • हातमा चूरा लगाउँदा स्वासको रोग र मुटुको विरामीका आशंकाहरुलाई हदैसम्म घटाउँछ । यसले मानसिक सन्तुलन पनि कायम राख्न मद्धत पुर्याउँछ ।
  • विज्ञानले काँचको चूराको ध्वनीले वातावरणमा उपस्थित नकारात्मक उर्जा नष्ट गराउने र सकारात्मक उर्जा सञ्चार गराउने बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत