विश्व

“उत्तरी यूरोपको एक चर्चित देश, जो आफ्नो नाम त्याग्दै छ”

एम्स्टर्डम । सन् २०२० को सुरुवात हुँदै उत्तरी यूरोपको एक चर्चित देश आफ्नो नाम त्याग्ने छ । सरकारले यसको लागि रीब्राडिंग क्याम्पेन चलाइरहेको छ । 

नेदरल्याण्डले घोषणा गरेको छ कि नयाँ वर्षभन्दा पहिल्यै उसले आफ्नो निकनेम ‘हल्याण्ड’ आधिकारीक रुपमै त्याग्ने छ । यहाँका कम्पनी, दूतावास, मन्त्रालय र विश्वविद्यालयमा जनवरी १ देखि नेदरल्याण्डको रुपमा देखिने छ । वास्तवमा हल्याण्ड नेदरल्याण्डको एक भाग हो । नेदरल्याण्डका १२ प्रान्तमा केवल २ नाममा हल्याण्ड आउँछ, तर मानिसहरु प्रायः नेदरल्याण्डलाई हल्याण्ड भन्दछन् । यहाँ तीन प्रमुख शहर एम्स्टर्डम, राटरडैम र द हेगको लागि प्रशिद्ध छ ।

डच मिडिया रिपोर्टका अनुसार, देशको एक नाम रिलन्च गर्नको लागि सरकारले २००००० यूरो बजेट तय गरेको छ । उपनाम हल्याण्ड छाड्नको कारण भने ओलम्पिक २०२० मा भाग लिन र यूरोविजन सान्ग कन्टेस्टको मेजमानी गर्नु हो ।

अघिल्लो महीना नयाँ लोगो, लेटर्स जारी भयो

डच ट्रेड मिनिस्टर सिग्रीडले अघिल्लो महीना देशको लागि नयाँ शब्द एनएल लोगोको अनावरण गर्यो । योभन्दा पहिले ओरेन्ज स्टयलिश ट्यूलिपमा हल्याण्डको लोगो थियो । वर्तमानमा पर्यटन वेबसाइट हल्याण्ड डटकम ओरेन्ज ट्यूलिपमा ‘दिस इज हल्याण्ड’ स्लोगनसहित प्रयोगमा छ ।

पर्यटकलाई अर्को शहरसम्म लैजाने लक्ष्य

नयाँ नामलाई ल्याउनको लागि पछिल्लो रणनीति राजधानी एम्स्टर्डममा बस्ने पर्यटकलाई अर्को शहरसम्म लैजानु हो । डच पर्यटन बोर्डले भन्यो, ‘मे महिनाबाट नेदरल्याण्डलाई नै देशको नामको रुपमा प्रस्तावित गर्ने काम सुरु भएको थियो ताकि गनिने/मानिने शहरसम्म पर्यटकको जमघट होस् ।’ बोर्डका अनुसार बितेको दश वर्षमा १.९० करोड पर्यटक नेदरल्याण्ड पुगे । आउने दशकमा पर्यटकको यो संख्या बढेर २.९० करोडसम्म पुग्ने लक्ष्य राखेको छ । एक्लै एम्स्टर्डममा हरेक वर्ष १.७० करोड पर्यटक आउँछन् । यहाँका १० लाख निवासीलाई सगोलमा हेर्ने हो भने पर्यटकको धेरै नै भिडभाड हुने गर्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत