जीवनशैली

सन् २०२०ः राहुको राशि परिवर्तन; ८ राशिमा खराब, ४ राशिको खुल्नेछ किस्मत !

काठमाडौँ । जब कुनै ग्रह एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ, त्यसको राम्रो र नराम्रो दुबै प्रभाव १२ वटै राशिमा पर्ने गर्दछ । यो नयाँ वर्ष २०२०मा राहुपनि राशि परिवर्तन गर्दैछ । ज्योतिषशास्त्रका अनुसार, राहु एक क्रूर ग्रह हो । राहुको अशुभ प्रभावका कारण कुनै तरिकाको मानसिक र शारीरिक कष्ट सहनु पर्ने हुन सक्छ ।

यो नयाँ वर्षको शुरुवातबाट २३ सेप्टेम्बर २०२० विहान ८ः३५ सम्म राहु मिथुन राशिमा विराजमान हुनेछन् । त्यसपछि राहु मिथुन राशिबाट निस्किएर वृष राशिमा गोचर हुनेछन् । राहुको यो राशि परिवर्तनले सबै राशिमा प्रभाव पार्ने गर्दछ ।

सेप्टेम्बर २३ सम्म कुन राशिमा कस्तो असर !

  1. वृषः राहुको राशि परिवर्तनले यो राशिकालाई आर्थिक जीवन प्रभावित पर्नेछ । यतिमात्र होइन परिवारमा कलहको स्थिति निम्त्याउन सक्छ । यसबाट बच्नको यो राशि भएकाले बोल्ने समय आफ्नो बाणीलाई नियन्त्रण गर्नु जरुरी छ ।
  2. मिथुनः मिथुन राशिकालाई राहु परिवर्तनले शारीरिक साथै मानसिक समस्या थप्न सक्छ । यसको कारण महत्वपूर्ण निर्णय लिँदा सावधानी अपनाएकै बेश ।
  3. कन्याः यो वर्ष तपाईंको कार्यक्षेत्रमा वाधा उत्पन्न हुनेछ । बनेको कार्य पनि बिग्रन सक्छ । तर अध्यात्मको क्षेत्रमा भने रुचि बढ्ने देखिन्छ ।
  4. तुलाः तुला राशिको लागि यो वर्ष भाग्यको साटो मेहनतमा विश्वास गर्नुपर्ने देखिन्छ । तपाईंको सामान्य लापरवाहीले कमजोर बनाउन सक्छ ।
  5. धनुः धनु राशिको लागि आफ्नो साथीसँग मतभेद हुन सक्छ । यो अवधिको समयमा साथीसँग कुनै कार्य नगर्दा बेश ।
  6. मकरः राहुको राशि परिवर्तनको कारण तपाईंको कर्जा वृद्धि हुन सक्छ । शत्रुहरु हावी हुन सक्छन् । सोचेर मात्र निर्णय लिनुहोला ।
  7. कुम्भः यो वर्ष कुम्भ राशिलाई सन्तानसँग जोडिएको समस्या आउन सक्छ । शिक्षामा दिक्दारी आउन सक्छ ।
  8. मीनः यो वर्ष मीन राशिले स्वास्थ्यको ध्यान राख्नु जरुरी देखिन्छ । यसको अलावा तपाईंलाई सुख पनि आउन सक्छ ।

राशि परिवर्तनले किस्मत बदल्ने यी ४ राशि

  1. मेषः मेष राशिलाई राहुको ग्रह परिवर्तनले शुभ हुनेछ । यसले साहसमा वृद्धि हुनेछ ।
  2. कर्कटः यो राशिकालाई विदेश यात्रादेखि रोकिएको धन प्राप्तिसम्म फाइदा हुनेछ ।
  3. सिंहः यो राशिकालाई आम्दानी वृद्धि हुने देखिन्छ ।
  4. वृश्चिकः कुनै शोध कार्यमा लाग्नेको लागि सफलताको योग छ । यसले तपाईंलाई गन्तव्यको यात्रा तय गराउँछ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत