प्रेरणा

महाभारतः १८ दिन-१८ योद्धा, जान्नुहोस १८ अंकसँग जोडिएको रहस्य !

काठमाडौँ । न्याय र अन्यायबीचको युद्ध महाभारतका घटनाले लोकलाई धेरै कुराहरु दिएको छ । १८ दिनसम्म चलेको त्यो युद्धको अन्त्यमा धर्मको स्थापना भयो । के तपाईंले जान्नुभएको छ ? महाभारत युद्ध केवल १८ दिनसम्म मात्र चलेको थिएन, १८ अंकसँग अन्य रहस्य पनि लूकेका छन् ।

महाभारत ग्रन्थको रचनाका कुल १८ पर्व
ऋषि वेदव्यास महाभारतका रचयिता मात्र थिएनन्, उनी घटनाका साक्षी पनि थिए । जो क्रमानुसार घटेको छ । वेदव्यासले रचेको ग्रन्थ महाभातमा कुल १८ पर्व छन् ।

यी हुन १८ पर्व
आदि पर्व, सभा पर्व, वन पर्व, विराट पर्व, उद्योग पर्व, भीष्म पर्व, द्रोण पर्व, अश्वमेधिक पर्व, महाप्रस्थानिक पर्व, सौप्तिक पर्व, स्त्री पर्व, शांति पर्व, अनुशासन पर्व, मौसल पर्व, कर्ण पर्व, शल्य पर्व, स्वर्गारोहण पर्व तथा आश्रम्वासिक पर्व । यस्तो पनि मानिन्छ कि उनले १८ पुराणको पनि रचना गरेका थिए ।

श्रीमद्भागवत गीतामा कुल १८ अध्याय
अर्जुनविषादयोग, सांख्ययोग, कर्मयोग, ज्ञानकर्मसंन्यासयोग, कर्मसंन्यासयोग, आत्मसंयमयोग, ज्ञानविज्ञानयोग, अक्षरब्रह्मयोग, राजविद्याराजगुह्ययोग, विभूतियोग, विश्वरूपदर्शनयोग, भक्तियोग, क्षेत्र, क्षेत्रज्ञविभागयोग, गुणत्रयविभागयोग, पुरुषोत्तमयोग, दैवासुरसम्पद्विभागयोग, श्रद्धात्रयविभागयोग र मोक्षसंन्यासयोग ।

महाभारतमा १८ अंकका अन्य रहस्य
यो कुरा धेरै कमले मात्र जान्दछन कि कौरव र पाण्डवका सेना कुल १८ अक्षोहिनी सेना थिए, जसमा कौरवका ११ र पाण्डवका ७ ।

युद्धका प्रमुख सुत्रधार पनि १८ थिए, जसका नामहरु— धृतराष्ट्र, दुर्योधन, दुशासन, कर्ण, शकुनि, भीष्म, द्रोण, कृपाचार्य, अश्वत्थामा, कृतवर्मा, श्रीकृष्ण, युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव, द्रौपदी एवं विदुर ।

महाभारतको युद्धमा १८ को अन्तिम सत्य यो हो कि महाभारतको युद्धपछि कौरवका तर्फबाट ३ र पाण्डवका तर्फबाट १५ जोडेर १८ योद्धा जीवित बचेका थिए । यस्तै १८ दिनसम्म चलेको रक्तरञ्जित युद्धमा १८ अंक एक रहस्य जस्तै छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत