प्रेरणा

चाणक्य नीतिः जीवनमा यी ३ चिजमा कहिल्यै पनि संकोच मान्नु हुँदैन

काठमाडौँ । भनिन्छ जीवनमा सन्तुलन हुनु अत्यन्तै जरुरी छ, जस्तो संकोच वा लाजको विषयमा पनि यहि भनिएको छ । तपाईंले संकोच या लाज जहाँपनि मान्नु हुँदैन । चाणक्य नीतिका अनुसार जीवनमा यस्ता चिजहरु छन जहाँ तपाईंले लाज मान्नु हुँदैन, यदी मानेमा तपाईंलाई नोक्सानी हुनेछ ।

धन सम्बन्धी कार्यमा लाज नमान्नुहोस्
कहिल्यैपनि धनसँग सम्बन्धित काममा लाज मान्नु हुँदैन । जो व्यक्ति लाज मान्छ, उसलाई धनको हानी हुने सम्भावना हुन्छ । जस्तो, तपाईंले कसैलाई उधारो दिनुभएको छ र पैसा फिर्ता माग्न लाज मान्नु हुन्छ भने यसले तपाईंलाई हानि हुन्छ ।

भोजन गर्दाको समयमा लाज नमान्नुहोस्
प्रायः मानिसहरु अर्काकोमा भोजन गर्दा लाज वा संकोच महशुष गर्दछन् र हिच्किचाएर कम खान्छन् । यसले खाने भोकै रहन्छ । मानिसले कहिल्यै भोकलाई मार्नु हुन्न । भोक नियन्त्रण गर्न गाह्रो हुन्छ । यसकारण खाना खाँदा लजाउनु हुँदैन ।

गुरुसँग ज्ञान लिन लजाउनु हुँदैन
गुरु मार्गदर्शक हुन्छन् । उनीसँग ज्ञान लिन कहिल्यै लजाउनु हुँदैन । भनिन्छ नि, राम्रो विद्यार्थी जो नलजाई ज्ञान लिन्छ उसले कहिल्यै दुःख पाउँदैन । तसर्थ ज्ञान लिने कुरामा संकोच मान्नु हुँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत