विश्व

कजाकस्तानमा एक सय भन्दा बढी मानिस चढेको विमान दुर्घटनाग्रस्त

  • एजेन्सी
  • ११ पौष शुक्रबार, २०७६ | १०:४७:०० मा प्रकाशित

कजाकस्तान । कजाकस्तानमा एक सय भन्दा बढी मानिस चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । 

९५ यात्रु र पाँच चालक दलका सदस्यसहित बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको त्यहाँका अधिकारीले जनाएका छन् ।

आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ । अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ । तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन । 

उक्त विमान अल्माटीबाट देशको राजधानी नुरसुल्तानतर्फ जाँदै थियो। उद्दार कार्य जारी रहेकोले कोहि जिवतै छन् या मृत भने खुलेको छैन् ।

एजेन्सी

तपाईँको मत