स्वास्थ्य

आच्छु...! चिसोबाट बच्नको लागि खानामा समावेश गर्नुहोस तातो बनाउने यी खानेकुरा

काठमाडौँ । जाडोको मौसम छ, मान्यता अनुसार पनि अब झण्डै ४५ दिन त मज्जाले चिसिन्छ शरीर । त्यसपछि भने मौसममा परिवर्तन हुँदै जान्छ । तर त्यतिन्जेलसम्म चिसोले चुस्नु चुस्छ । यहि चिसोका कारणले देशका विभिन्न स्थानहरुमा स्कूलहरु छुट्टी भइसके । चिसोबाट बच्न आगो ताप्न थालिएको छ । यो अवस्थामा चिसोबाट बच्न बाक्लो कपडा र खानपानमा विशेष सावधानी अपनाउनै पर्छ  । 

यी ६ खाना जसले जाडो भगाउँछः—

१. अदुवा समावेश गरिएको चिया
चिसोमा चिया, कुरै नगर्नुहोस, सबैको रोजाई बन्छ । त्यसमा पनि चियामा मिसाएको अदुवा केवल स्वादको लागि मात्र होइन, यसको प्रयोगले रुघा—खोकीबाट कवचको रुपमा काम गर्दछ । अदुवा मिसाएको चियाले रक्तप्रवाह बढाउँछ, दुखाईमा राहत दिन्छ, महिनावारीको दुखाई कम गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, स्वास सम्बन्धी रोगबाट भगाउँछ, कोलेस्टोल नियन्त्रण गर्दछ ।

२. लोकल घीउ
शरीरमा तागत दिने र चिसोसँग लड्ने अर्को खाना भनेको लोकल घीउ हो । घीउमा भएको हाई क्यालोरीले शरीरलाई चाँडै चिसो हुन दिँदैन । ठंडाको विपरित गर्मीको मात्र बढाउँछ । लोकल घीउमा एंटीअक्सिडेंट पाइन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । तर कफको समस्या भएकाले चिसो घीउ नखानुहोला ।

३. बेसार
अनुसन्धानका अनुसार दैनिक बेसार खानाले पित्त दह्रो बन्ने गर्दछ जसले खानालाई सजिलैसँग पचाउँछ । बेसारले डायबिटीज नियन्त्रण, रगतको सफाई, शरीरको दुखाई कम र शरीर भित्रका विषालू तत्व बाहिर निकाल्न सहयोग पुर्याउँछ ।

४. मह
चिसो मौसममा लोकल मह अत्यन्तै फाइदाजनक हुन्छ । खस्खसाहट, रुघा हुँदा अदुवापानीको रसमा मह मिसाएर खान सक्नुहुन्छ । वा दूधमा मह मिसाएर खाँदा चिसो भाग्छ ।

५. लसुन
धेरैजसो शाकाहारी र वैष्णव मानिसहरु आफ्नो भोजनमा लसुन र प्याज हाल्दैनन् । तर थाहापाउनुहोस कि चिसोमा तरकारीसँग् लसुनलाई समावेस गर्दा धेरै फाइदा हुन्छ । एंटीअक्सीडेंट गुणले भरिपूर्ण लसुन एक गर्मी प्रकृतिको पदार्थ हो जसले लिभरलाई दुरुस्त राख्दछ ।

६. सुक्खा फल
ड्राई फ्रूट जस्तै बदाम, काजू, किशमिश, खजुर, ओखर, पिस्ता, छोकरा चिसो मौसममा झनै लाभदायक खानेकुरा मानिन्छन् ।

यसको अलावा अण्डा र मांशहारी खानेकुराले पनि चिसो भगाउँछ । चिसोमा अब त यी खानेकुरा समावेश गर्नुहुन्छ हैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत