प्रेरणा

महाभारतमा भीष्मको त्यो गल्ती नै बन्यो उनको मृत्युको कारण, शिखंडीले यसरी लिए आफ्नो अपमानको बदला

महाभारतका केही यस्ता पात्र थिए, जसलाई उनको बचन र कर्मको आधारमा ठूलो मानिएको थियो । तर ति योद्धा सबैको लागि न्यायपूर्ण थिएनन् । जीवनमा कहिँ न कहिँ उनीबाट अन्याय भएको थियो । यस्ता ति योद्धा हुन भीष्म, जसले उनको प्रतिज्ञाको लागि याद गर्ने गरिन्छ तर उनले गरेको कार्य नै उनको मृत्युको कारण बन्यो ।

पूर्व जन्ममा अम्बा थीइन शिखंडी
अम्बा काशीराजकी पुत्री थिइन् । उनकी दुइ बहिनी थिए जसको नाम अम्बिका र अम्बालिका । विवाह योग्य भएका कारण उनका पिताले आफ्ना तिन पुत्रिको स्वयंवर रचाए । हस्तिनापुरका संरक्षक भीष्मले आफ्ना भाई विचित्रवीर्यको लागि जो हस्तिानपुरका राजा पनि थिए, काशीराजका तीन पुत्रिको स्वयंवरबाट हरण गरियो । उनीहरुलाई हस्तिनापुर लगे । त्यहाँ उनलाई अम्बा कोहि अरुप्रति आसक्त हुने कुरा पत्ता लाग्यो । भीष्मले अम्बालाई उनको प्रेमीसँग पुर्याउने प्रवन्ध गरिदिए । तर त्यहाँबाट अम्बा तिरस्कृत भएर फर्किइन् ।

अम्बालाई प्राप्त भयो वरदान
अम्बाले यसको उत्तरदायित्व भीष्मलाई बोकाइन र उनीसँग विवाह गर्न दवाव दिइन् । भीष्मद्वारा आजीवन ब्रम्हाचर्यको पालन गर्ने प्रतिज्ञाबाट बाँधिएको तर्क दिँदापनि उनी आफ्नो निश्चयबाट विचलित भइनन् । अन्तत्ः अम्बाले प्रतिज्ञा गरिन कि उनी एकदिन मृत्युको कारण बन्नेछिन् । यसको लागि उनले घोर तपस्या गरिन् । उनको जन्म पुनः एक राजाको पुत्रीको रुपमा भयो । पूर्वजन्मको स्मृतिको कारण अम्बाले पुनः आफ्नो लक्ष्यको प्रर्तिका लागि तपस्या आरम्भ गरिन् । भगवान शंकरले प्रशन्न भएर उनको मनोकामना पुरा हुने वरदान दिए । तब अम्बाले शिखंडीको रुपमा महाराज द्रुपदकी पुत्रीको रुपमा जन्म लिए ।

भीष्मसँग कोहिपनि चाहँदैनथिए शत्रुता
सी. राजगोपालचारीद्वारा लिखित महाभारतका अनुसार शिखंडी जब पूर्वजन्ममा अम्बाको रुपमा न्याय माग्नको लागि ठाउँ ठाउँमा भड्किइरहेकी थिएन, तब भगवान सुब्रहम्याण्यले उनको व्यथा देखेर उनलाई कमलको फुलको एक दिव्य हार दिए । यो हारका अनुसार यो हार कुनै योद्धाको घाँटीमा लगाए असीम शक्ति उत्पन्न हुने र त्यो योद्धामा भीष्मलाई मार्ने बल मिल्दछ । अम्बा पूर्वजन्ममा यो हारलाई लिएर भड्किइन तर कसैले पनि यो हार स्वीकार गरेनन्, किनकी भीष्मसँग शत्रुता गर्न कोही चाहँदैनथिए ।

यसरी आयो शिखंडीमा असीम शक्ति
हार लगाउने कोही नपाएपछि अम्बाले सो फूलको हार राज द्रुपदको द्वारमा अड्काएर आत्महत्या गरिन् । अघिल्लो जन्ममा अम्बाले राजा द्रुपदको घरमा जन्म लिइन् । शिखंडीले स्त्र रुपमा जन्म लिएका थिए, तर एक दिन उनले द्वारमा त्यो हारलाई देखेर पहिरिए । यसप्रकार उसमा असीम शक्ति शिखंडीमा समाहित भयो र बल प्राप्त भयो । यसकारण शिखंडीमा जन्मबाट स्त्री गुण र हारद्वारा पुरुष गुण समाहित भयो र शिखंडी नामक किन्नर बनिन् । अन्त्यमा महाभारतको युद्धमा शिखंडी भीष्म पितामहाको मृत्युको कारण बन्यो ।

गाउँ सहर डेस्क

तपाईँको मत