प्रेरणा

महाभारतका यी ६ योद्धा पूर्वजन्ममा के थिए ? जान्नुहोस्

काठमाडाैँ । महाभारत विविध कारणले लोकप्रिय छ । यसबाट हामीले धेरैकुरा सिक्न सक्छौँ । न्याय र अन्यायका युद्धमा कयौँ पात्र यस्ता थिए, जसलाई आजपनि याद गर्न सकिन्छ । महाभारतका केही पात्र पूर्वजन्ममा देवी-देवता थिए । आउनुहोस जानौँ यस्ता केही पात्रका बारेमा ।

भगवान श्रीकृष्ण
श्रीकृष्ण लाई ६४ कला र अष्ट सिद्धिबाट परिपूर्ण मानिन्छ । यस्तो मानिन्छ कि उनी स्वयं भगवान विष्णुका अवतार थिए । श्रीकृष्णको यस अवतार पछि कलियुगको आगमन भएको थियो ।

बलराम
श्रीकृष्णका भाई बलराम शेषनागको अवतार थिए । कृष्णको ठूलो भाई हुनुको कारणले उनलाई दाउजी नामले पनि चिनिन्छ । महाभारतको युद्ध भएको समयमा बलराम कसैको पक्षमा थिएनन र तटस्थ भएर तिर्थयात्रामा गएका थिए ।

भीष्म
श्रीकृष्ण पछि महाभारतमा अर्का चर्चित पात्र हुन भीष्म पितामाह । पाँच वसुमध्ये एक द्यु नामक वसुले देवव्रतको रुपमा जन्म लिएका थिए ।

द्राेणाचार्य
कौरव र पाण्डवका गुरु द्रोणाचार्य अत्यन्त शक्तिशाली र पराक्रमी योद्धा थिए । भनिन्छ कि देवताका गुरु बृहस्पति देवले द्रोणाचार्यको रुपमा जन्म लिएका थिए ।

द्रौपदी
महाभारतको सबैभन्दा शक्तिशाली स्त्री पात्र रहेकी द्रौपदीको जन्म इन्द्राणीको अवतारमा भएको थियो ।

अर्जुन
अर्जुनलाई पाण्डु पुत्र मानिन्छ । तर असली रुपमा उनी इन्द्र र कुंतीका पुत्र थिए । दानवीर कर्णलाई इन्द्रको अंश नै मानिन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत