प्रेरणा

श्रीमद्भगवद् गीताः गीतामा के छ ! सुख र दुःखमा कसरी रहने ?

श्रीमद्भगवद् गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

भगवद् गीता आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ । यसमा १८ अध्याय छन भने ७०० पद्यात्मक संस्कृत श्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । 

अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएको छ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो । यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ ।

श्रीमद्भगवद् गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जीवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो ।

त्यही वेदको अन्तिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।

सुख र दुःखमा कसरी रहने ?

गीतामा श्रीकृष्णले सुखको समयमा मनुष्यलाई विशेष व्यवहार गर्नुपर्ने बताएका छन् । सुखको समय केही कुरा ध्यानमा राख्नु पर्दछ । सुख र दुःखमा हामी कयौँ पटक मनलाई नियन्त्रणमा राख्न सक्दैनौँ । जसले हामीलाई धेरै नोक्सानी गरिरहेको हुन्छ । यसकारण यी दुई परिस्थितिमा समझदारीले काम गर्नु पर्दछ ।

महाभारतको भीष्म पर्वको श्लोक

न प्रह्दष्येत प्रियं प्राप्त नोद्विजेत् प्राप्य चाप्रियम ।
स्थिरबुद्धिरसम्मूढो ब्रम्हविद् ब्रम्हाणि स्थितः ।।

सुखको पहिलो श्लोक 

यो श्लोकमा श्रीकृष्ण भन्छन्— जब कुनै व्यक्ति धेरै खुसी हुन्छ, तब उ आफ्नो मनलाई बशमा राख्दैन, उ नै खुसीको बशमा पर्दछ । राम्रो दिनमा कयौँपटक हामी यस्ता केही कुरा भन्छौँ, जो भविश्यमा हाम्रो लागि पूरा गर्न संभव हुँदैन वा यस्तो केही गरिन्छ, जसको नराम्रो परिणाम हामीलाई भविश्यमा झेल्नु पर्ने हुन सक्छ । यो कुरा जहिल्यै धानमा राख्नु पर्छ कि राम्रो दिन जहिल्यै हुँदैन, यसकारण सुखको समय आफ्नो मनलाई बशमा राख्नुहोस् । साथै आफ्ना शब्द र कार्यको चयन सोचेर मात्र गर्नुहोस् ।

दुःखको दोस्रो अवस्था

कयौँ मानिस आफ्नो नराम्रो समय धैर्यता हराउने गर्दछन र आफ्नो इच्छालाई पूरा गर्नको लागि यस्तोसम्म काम गर्न थाल्दछन जुन उसलाई कहिल्यै गर्नु हुँदैन । दुःख नै एक यस्तो समय हो, जुनबेला मनुष्य सजिलै गलत बाटोमा चल्न मजबुर हुने गर्दछ । हामीले यो बुझ्नु जरुरी छ कि जस्तोसुकै समय होस, सँधै टिकिरहँदैन । यदी आफ्नो नराम्रो समयमा समझदारीसँग काम गर्नुपर्छ र कुनैपनि रुपबाट अधार्मिक कार्य गर्नु हुँदैन । चाँडै राम्रो समय पनि आउँछ । दुःख र समस्यामा हामीले मनलाई नियन्त्रणमा राखेर सूझ-बूझसँग काम गर्नु पर्दछ । धैर्यसित काम गर्नु पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत