प्रेरणा

वृन्दावनको निधिवनमा आधा रातमा गोपिनीसँग रसलीला रच्थे श्रीकृष्ण

काठमाडौँ । संसारमा केही रहस्य यस्ता छन् जसको बारेमा अलग—अलग कहानी पाइन्छन् । यस्तै एक रहस्य वृन्दावनको निधिवनसँग जोडिएको, जुन श्रीकृष्ण र गोपिनीको रसलीलाको लागि प्रसिद्ध छ । 

हालै यो वन चर्चाको शिखरमा आएको छ, जब बिहारबाट आएकी एक युवती त्यहाँको रहस्य बाहिर निकाल्नको लागि लुकेर बसेकी थिइन् । युवतीलाई सामाजिक कार्यकर्ताको मद्यतबाट वनबाहिर निकालियो । यस्तो अवस्थामा सबैको मनमा अनेक प्रश्न उठ्नु स्वभाविक हो कि आखिर सत्यता के हो ? आउनुहोस जानौँ पौराणिक कहानी अनुसार त्यहाँको कस्तो मान्यता छ —

तुलसीको रुख बन्छन गोपिनी
निधिवनमा तुलसीको रुख छ । यहाँ तुलसीको हरेक बोट जोडामा रहेका छन् । मान्यता यो छ कि जब श्रीकृष्ण र राधा रसलीला गर्दछन, यो तुलसीको बोट गोपिनी बन्दछन र प्रातः भएपछि तुलसीको बोटमा परिवर्तन हुन्छन् । यहाँ भएका वृक्षको शाखा माथिभन्दा तल बढ्दछन् । यो रुख यसरी फैलिएको छ कि बाटो बनाउनको लागि रुखको हाँगाले रोकिएको छ ।

वनको आसपास बनेका घरमा छैनन झ्याल
वनको समीपमा बनेका घरमा झ्याल बनाउँदैनन् । स्थानीय मानिसका अनुसार साँझपछि कोहिपनि यो वनतर्फ हेर्दैनन् । जो हेर्ने प्रयास गर्छ उ अन्धो वा पालग हुने विश्वास छ । साँझ सात बजे मन्दिरको आरती घण्टी बज्छ मानिसहरु झ्याल बन्द गर्दछन् । केही मानिसले वनतर्फ बनाएका झ्यालहरु इँटाले बन्द गरेका छन्, जसलाई कोही चाहेर पनि यो वनतर्फ हेर्न नसकोस् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत