जीवनशैली

मृत्युका यी १२ संकेतहरू, कहिले सपनामा त कहिले विपनामा हुन्छ आभाष

काठमाडौँ । पौराणिक मान्यता अनुसार हरेक सपनाको कुनै न कुनै अर्थ हुन्छ । सपना हाम्रो भूतकाल, वर्तमान र भविश्यसँग जोडिएको हुन्छ । शिवपुराणमा सपनाको अलावा यस्ता कयौँ संकेत बताइएको छ, जुन मृत्युसँग जोडिएको छ । आउनुहोस जानौँ यस्ता संकेतहरूः—

  1. शिवपुराणका अनुसार जुन मनुष्यलाई ग्रहको दर्शन भएर पनि दिशाको बारेमा ज्ञान हुँदैन, मनमा बेचैनी/छटपटी छाइरहन्छ भने सो मनुष्यको मृत्यु ६ महिनामा हुन्छ । जुन व्यक्तिलाई अच्चानक निलो झिँगा आएर घेर्छ जान्नुहोस उसको आयु एक महिना मै हुन्छ ।
  2. शिवपुराणमा भगवान शिवले बताएका छन् कि जुन मनुष्यको शिरमा गिद्ध, काग वा परेवा आएर बस्छ, उ एक महिनाभित्रै मर्छ ।
  3. यदी अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेँलो भए र रातो निशान देखिएमा सम्झनुहोस त्यो मनुष्यको मृत्यु ६ महिनाभित्र हुन्छ । शिवपुराणका अनुसार जुन मनुष्यको मुख, कान, आँखा र जिब्रो ठिकसँग काम गर्दैन उसको मृत्यु ६ महिनाभित्र हुन्छ ।
  4. शिवपुराणका अनुसार जुन मनुष्यलाई चन्द्रमा वा सूर्यको नजिक चमकिलो घेरा या रातो देखिए उसको मृत्यु १५ दिन भित्र हुनेछ । तारा वा चन्द्रमा नदेखिए अथवा कसैलाई अन्य तारा पनि ठिकसँग नदेखिए सो मानिसको मृत्यु एक महिनाभित्र हुन्छ ।
  5. त्रिदोष (वात, पित्त, कफ) मा जसको नाक जब बग्न थाल्छ, उसको जीवन पन्ध्र दिनभन्दा अगाडि जाँदैन । यदी कुनै व्यक्तिको मुख र कण्ठ सुक्न थाल्छ उसको आयु ६ महिना हुन्छ ।
  6. जब कुनै व्यक्तिलाई जल, तेल, घीउ तथा दर्पणमा आफ्नो छायाँ नदेखिए उसको आयु ६ महिनाभन्दा बढी हुँदैन । आफ्नो छायाँमा शिर रहित देखिए अथवा छायाँ रहित देखिए उसको आयु १ महिनाभन्दा बढी हुँदैन ।
  7. जब कुनै मनुष्यको बायाँ हात लगातार एक हप्तासम्म फर्फराउँछ उसको आयु एक महिना जान्नुपर्छ । जब सारा अंगमा थकाई हुन लागे, तालू सुके उसको आयु एकमहिना हुने शिवपुराणमा उल्लेख छ ।
  8. जुन मनुष्यलाई ध्रुव तारा अथवा सूर्यमण्डल ठिकसँग दर्शन भएको छैन, राती इन्द्रधनुष र दिउसो उल्कापात भएको देखिए तथा गिद्ध र कागले घेरेको भए सम्झनुस् आयु ६ महिना हुन्छ ।
  9. जो व्यक्ति अचानक सूर्य र चन्द्रमालाई राहुबाट ग्रस्त देख्छ (चन्द्रमा र सूर्य कालो देखिए) र सम्पूर्ण दिशा जुन घुम्छ भने उसको आयु ६ महिना हो ।
  10. जनावरलाई मृत्युको आभाष पहिला हुन्छ । घर पाल्तु जनावरले मृत्युको समिपमा पुग्न लागेको व्यक्तिलाई देखेर उदास हुने गर्दछ ।
  11. शिवपुराणका अनुसार जो व्यक्ति हरिणको पछि हुने शिकारीको आवाजलाई चाँडै सुन्छ, उसको मृत्यु ६ महिना भित्र हुन्छ । जसमा आकाशमा सप्तर्षि तारा नदेखिए उसको आयु ६ महिना हुन्छ ।
  12. शिवपुराणका अनुसार जुन व्यक्तिले अग्निको प्रकाश ठिकसँग देख्दैन र चारैतर्फ कालो र अँध्यारो देखिन्छ भने उ ६ महिनाभित्र समाप्त हुन्छ । विश्वास हाे, हाम्राे कुनै दावी छैन ।
     

गाउँ सहर डेस्क

तपाईँको मत