जीवनशैली

“दिमाग केही सोचिरहेको छ, औँला कतै गइरहेको छ”

मुम्बई । ७७ वर्षका भारतीय महानायक अमिताभ बच्चनले बुधबार आफ्नो अफिशियल ब्लगमा एउटा संदेश दिए । उनले लेखे— “मुझे अब रिटायर हो जाना चाहिए...मेरा दिमाग कुछ और सोच रहा है, अंगुलिया काहीं और जा रही हैं, यह मेरो शरीर का मुझे एक संदेश है ।”

यसको अर्थ हुन्छ, मलाई अब रिटायर हुनु पर्छ...मेरो मस्तिष्क केही सोचिरहेको छ, औँला कतै गइरहेको छ, यो मेरो शरीरको एक संदेश हो ।

उनले ब्लग २८ नोभेम्बर राति १२ बजेर ४१ मिनेटमा पोष्ट गरेका थिए । यो दिन उनका दिवांगत पिता हरिवंश राय बच्चनको ११२ औँ जन्मदिवस थियो । अमिताभले ब्लगमा लेखेको भाषा यसरी लेखिएको छ जस्तो उनी कुनै यात्राको लागि धन्यवाद दिइरहेका छन् । एक स्थानमा उनले लेखे— ‘मेरे रास्ते में पड्ने वाले हर पडाव को मेरा धन्यवाद ।’

फिल्म ‘ब्रम्हास्त्र’ को शूटिंगमा अमिताभलाई बुधबार मनाली जानु थियो । तर, मौसम खराब भएपछि फ्लाइटलाई डाइभर्ट गर्नु परेको थियो । यसकारण उनी केही समय चंडीगढ एयरपोर्टमा रोकिनु पर्यो । त्यसपछि उनी सडक मार्गबाट मनालीतिर लागे । यात्राको समयमा उनले आफ्नो रिटायर हुने विचार प्रस्तुत गरे । उनले यात्रामा शान्त मौसम, ताजगी, चिसोको अनुभव, स्वच्छ हावा जस्ता कुराहरुको खुलेर ब्लगमा तारिफ गरे ।

पछिल्ला केही समयबाट संकेत

अमिताभले केही समय पहिले बाट नै शरीर थाक्दै जान थालेको संकेत दिइरहेका थिए । अस्पतालको बेडमा आराम गर्दै फुटबल म्याच हेरेको तस्वीर पोष्ट पनि गरेका थिए । भर्खरे विदेशमा हुने एक ठूलो बुक फेस्टिवलमा स्वास्थ्यको कारण जान इन्कार गरेका थिए । यसपटक त उनले आफ्नो ब्लगबाट स्पष्ट आराम गर्न चाहेको बताएका छन् । 

यस वर्ष अमिताभको फिल्मी यात्रा ५० पूरा भएको छ । सन् १९६९ मा पहिलो फिल्म सात हिन्दुस्तानीबाट यात्रा सुरु गरेका थिए ।

अमिताभसँग अहिले पनि ६ फिल्म 

अमिताभले ‘कौन बनेगा करोडपति’को शूटिंग पूरा गरिसकेका छन् । उनीसँग अहिले ६ फिल्म छन् । चेहरे, ब्रम्हास्त्र, झुंड, कंचना, आंखे, तेलुुगु फिल्म । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत