प्रेरणा

महाभारतको यी ७ घटना नै महारथी कर्णको मृत्युको कारण बन्यो

काठमाडौँ । महाभारतको युद्धमा कर्णलाई यस्तो योद्धाको रुपमा चिनिन्छ जसबाट स्वयं श्रीकृष्ण पनि अत्यन्तै प्रभावित थिए । उनको व्यक्तित्वका केही त्यस्ता गुण थिए, जसले उनलाई एक राम्रा योद्धा हुनुको साथै एक राम्रो व्यक्ति पनि बनाउँथे तर पनि उनीबाट केही गल्ति त्यस्ता भए जुन उनको मृत्युको कारण बन्यो । महाभारतको प्रसंग अनुसार ७ कारण थिए, जुन दानवीर कर्णको मृत्युको कारण बन्यो—

१. परशुरामको श्राप
गुरु परशुरामले कर्णलाई श्राप दिए— तिमी मैले दिएको शिक्षा त्यो समय भूल्ने छौ जब तिमीलाई त्यसको सबैभन्दा बढी जरुरत पर्दछ । श्रापको कारण यो थियो कि कर्णले आफै क्षत्रिय बताएर शिक्षा लिएका थिए । जसले गुरु परशुरामलाई क्रोधित बनायो किनकी क्षत्रियलाई ज्ञान नदिने उनले प्रतिज्ञा लिएका थिए ।

२. एक ब्राम्हणको श्राप
एकपटक कर्ण रथमा सवार भएर कतै गइरहेका थिए । उनको रथमा गाईको बाछा दबिएर मर्यो । ब्राम्हणले रिसाएर कर्णलाई श्राप दिएका थिए ।

३. दिव्यास्त्र घतोत्कचमा प्रयोग
कर्णलाई देवराज इन्द्रले दिव्यास्त्र प्रदान गरेका थिए । जसलाई कर्णले अर्जुनलाई मार्न राखेका थिए । तर श्रीकृष्णले जुक्ति लगाएर सो दिव्यास्त्र कौरव सेना आक्रमणमा प्रयोग गर्न लगाए, जसको कारण उनको मृत्यु भयो ।

४. श्रीकष्णले अर्जुनलाई साथ दिएका थिए
दुर्योधनले युद्धको लागि श्रीकृष्णको नारायणी सेना मागे तर अर्जुनले श्रीकृष्ण मागे ।

५. कुन्तीलाई कर्णको बचन
युद्ध चलिरहेको बेला कुन्तीले कर्णसँग भेटेर बचन लिइन कि उनका पुत्रलाई हानी नपुर्याउनु ।

६. भूमि माताको श्राप
एकपटक नेत्रहीन व्यक्तिलाई तिर्खा लाग्यो । कर्णले उनलाई पानी पिलाउनको लागि भूमिमा तीर हाने र जलको धारा निकाले । तीरको कष्टले भूमि मातालाई कष्ट भयो र कर्णलाई श्राप दिइन् । श्राप थियो एक दिन वाणबाट कष्ट सहनु पर्नेछ ।

७. अन्यायलाई सहयोग 
भनिन्छ नि कुनै व्यक्ति आफ्नो अधिकार पाउन र शोषण विरुद्ध युद्ध लड्दछ भने त्यो युद्धलाई न्याययुद्धको नामले चिनिन्छ । अन्याय कहिल्यै जित्दैन । कर्णले कौरवलाई साथ दिए जुन उनको सबैभन्दा ठूलो अपराध बन्यो र कर्णले आफ्नो जीवनबाट हात धुनु पर्यो ।

कर्णको मृत्यु कसरी हुन्छ, यो रहस्य केवल श्रीकृष्ण मात्र जान्दथे ।
 

गाउँ सहर डेस्क

तपाईँको मत