जीवनशैली

संसारको सबैभन्दा बढी उमेरका जीवित जोडी, १५ डिसेम्बर ८० औँ विवाह वर्षगाँठ मनाउँदै

टेक्सास, अमेरिका । अमेरिकाको टेक्सासमा संसारकै बढी उमेरदार, सफल र खुसी जोडी १५ डिसेम्बरमा आफ्नो विवाहको ८० औँ वर्षगाँठ मनाउँदै छन् । जोन हेंडरसन डिसेम्बरमा १०७ वर्ष हुँदैछन र उनको पत्नी १०५ । टूडे न्यूजका अनुसार उनीहरु संसारको सबैभन्दा बढी उमेरका जोडी हुन् । गिनीज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता छ ।

जब जोनलाई लामो उमेरको रहस्यबारे सोद्धा उनले बच्चा नहुन सल्लाह दिए । जोडीका कुनै सन्तान छैनन् । यो जोडीको कहानी पनि बडो रोचककाे छ । जोनले भने कि सन् १९३४ मा उनी टेक्सास यूनिर्भसिटीमा विद्यार्थी थिए र कलेजको तर्फबाट फुटबल खेल्दथे । त्यहिँ शिक्षिका बन्नको लागि चार्लोट पनि त्यहि यूनिर्भसिटीमै पढाई गर्दथिन् । उनी प्रायः फुटबल म्याच हेर्ने गर्दथिन् ।

जोन भन्छन, ‘मैले चार्लोटलाई पहिलो पटक कलेजको लेक्चरका रुपमा देखेको थिएँ । मैले उनलाई हेरेर मुस्कुराएँ । जवाफमा उनले पनि मुस्कुराइन र मायालु नजरले हेरिन् । उनी पहिलो नजरबाटै मलाई मनपरेकी थिइन र डेटमा जान चाहन्थेँ । शायद उनले मेरो इच्छा बुझेकी थिइन र मलाई केही सोध्न इच्छुक थिइन् । त्यसपछाडि कहानी सुरु भयो, त्यो विवाहमा परिवर्तन भयो ।’

सफल जीवनको राज सोद्धा जोन भन्छन, ‘हामीहरु खेल, भ्रमण, बाहिर तथा व्यायाम धेरै गर्दछौँ । म र चार्लोट जहिल्यै सकारात्मक सोच राख्ने गर्दछौँ । हरेक समय हँस्यौली र ठट्यौली गरिरहन्छौँ । शायद यही हाम्रो उमेरको राज हो । तर अब हाम्रो सक्रियता केही कम हुन थालेको छ ।’

जोनले बतचितमा भने कि सन् २०१० मा उनलाई एक सम्मान मिलेको थियो । जोनका भतिजा जेसन फ्रीले भने कि चाचा-चाची कहिल्यै अतितमा रहँदैनन्, जहिल्यै आजलाई जित्नुहुन्छ । मिठो कुरा यो छ कि दुबै अहिलेपनि भविश्यको याेजना बनाइरहनु भएको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत