प्रेरणा

सायद ! ‘काशीलाई बुझ्न पनि उत्तिकै सजिलो होला जति उसप्रति राजनीति गर्न’

१३४ वर्ष पुरानो अयोध्या मन्दिर मस्जिद विवादमा सुप्रीम कोर्टले त आफ्नो निर्णय सुनायो साथै चीफ जस्टिस रंजन गोगोईको अगुवाई भएको पाँच सदस्यीय समितिले पनि यो निर्णयमा सर्वसम्मति दियो कि अयोध्याको २.७७ एकडको पूरै विवादित जमिन राम मन्दिरको निर्माणको लागि दिइने छ । सुप्रीम कोर्टले आफ्नो फैसलामा स्पष्ट रुपमा रामको जन्मस्थान र हिन्दुको आस्था निर्विवादित बतायो । तर अयोध्या पछि हिन्दुको आस्थाका कयौँ स्थलमा पनि सुप्रीम कोर्टबाट यस्तै सकारात्मक निर्णयको आशा समर्थकले गरेका छन् । 

श्रीरामको जन्मभूमि बाबरी मस्जिद विवादमा सुप्रीम कोर्टको फैसला आएपछि दबिएको स्वरमा कहीँ न कहीँ यो आवाज उठ्न थालेको छ कि के अब काशी र मथुराको पनि हुनेछ ? यो प्रश्न जनताको मनमा उठ्न थालेको छ । के अब वाराणसी र मथुराको विवादित मस्जिदमा आन्दोलन सुरु हुन्छ ?

यो समय यी प्रश्नको उत्तर दिन शायद उचित नहोला तर आज हामी इतिहासको पन्ना पल्टाउने कोशिष गर्दैछौँ जसले नयाँ कुरा बुझ्न सहयोग पुग्नेछ ।

के छ काशीमा खास ?

काशी, बाबा भोलेनाथको यस्तो दिब्य लोक हो जसलाई अरु परिचय गराउनु नै पर्दैन । भारत उत्तर प्रदेशको वाराणसी शहरमा अवस्थित पौराणिक नगरी हो जहाँ संसारको सबैभन्दा पुरानो नगरमा चिनिन्छ । यो प्राचीन नगरी गंगाको उत्तर तटमा वरुणा र असी नदिको बीचमा अवस्थित छ जसको कारण वाराणसी पनि भनिएको हो ।

काशीमा वर्तमान समयमा लगभग १५०० मन्दिर छन् । जसमा काशी विश्वनाथ, संकटमोचन र माता दुर्गाको मन्दिर भारत तथा नेपालमा प्रसिद्ध छन् ।

भगवान विश्वनाथको मूल मन्दिरको परम्परा इतिहासको अज्ञात युगसम्म रहेको छ तर वर्तमान मन्दिर भने धेरै प्राचीन भने छैन । यहिँ पवनपुत्रको संकटमोचन मन्दिरको स्थापना गोस्वामी तुलसीदासले गरेका थिए र माता दुर्गाको मन्दिर १७ औँ सताब्दिमा मराठीले बनाएका थिए । यदी काशी घाटको कुरा गर्ने हो भने गंगाको तटमा पनि अनेक मन्दिर बनेका छन जसमा सबैभन्दा प्राचीनतम मन्दिर गहडवालले बनाएको राजघाटको आदिकेशव मन्दिर हो ।

काशीका बाबा विश्वनाथको कुरा गर्ने हो भने यो बारह ज्योतिर्लिंगमा छ र हिन्दुको विशिष्ट धार्मिक स्थल हो । हिन्दु मान्यतानुसार एक पटक यो मन्दिरको दर्शन गरेर गंगामा स्नान गर्दा मोक्ष प्राप्त हुन्छ । यो नगरीमा सबै देवी देवताको अभ्रंश रुपमा मन्दिर भएको कारण यस्तो पनि भनिन्छ कि जो व्यक्ति शारीरिक र आर्थिक रुपबाट असमर्थ छ उ यदि यो मन्दिरको दर्शन गर्छ भने उसलाई चारधामको यात्रा गर्नु पर्दैन ।

कसरी अवस्थित छ काशी नगरी ?

लोक कथाको अनुसार भगवान शंकरसँग विवाहपश्चात जब माता पार्वती आफ्नो माइत गइन तब उनीसँग उनका साथीहरुले भोलेनाथसँगको विवाह निर्णयलाई लिएर उनलाई धेरै कुरा सुनाए । उनीहरुले यो पनि भने कि विवाह पछि पनि तिमी आफ्नो पिताको घरमा रहन्छौ किनकी कैलाश जहाँ भगवान शंकर वास बस्दछन, उनीपनि हिमालयको एक हिस्सा हुन् । यस्तो सुनेर माता पार्वती केही बोलिनन तर जब उनी कैलाश फिर्ता भइन तब उनले भोलेनाथसँग भनिन कि अब उनलाई स्वयंको घर खोज्नुपर्छ । 

माता पार्वतीको कुरा सुनेर भोलेनाथ चिन्तित भए तर जब नारद जीले उनलाई यसको हल खोज्ने आश्वासन दिन तब उनको चिन्ता केही कम भयो । नारद जी र बाँकी सबै देवी देउता मिलेर भूखण्डमा यस्तो अलौकिक स्थान खोजे जहाँ भोलेनाथले आफ्नो दिव्य नगरी बसाए जुन आज काशीको नामले चिनिन्छ । काशीको यो नगरीलाई दुई भागमा बांडिएको छ, पहिलो विश्वेश्वर खण्ड जसको संचालन भैरव जी गर्दछन र अर्को केदार खण्ड जहाँ माता गौरीको विशेष कृपा रहेको छ ।

यस्तो पनि भनिन्छ कि भगवान शंकर काशी आउनु भन्दा अघि मता पार्वतीले उनी समक्ष दुइ शर्त राखेकी थिइन् । पहिलो यो थियो कि उनले यो भूलोक छाडेर नजाने र अर्को जो काशीमा आउँछ उसलाई मुक्ति दिने । यहि कारण भनिन्छ कि जो मानिस पनि अन्तिम समयमा काशी आउँछ उसलाई प्रभु जन्म मरणको चक्करबाट मुक्त गर्दछन् ।

काशीको इतिहास

इतिहासकारका अनुसार ईशा पूर्व ११ औँ सताब्दिमा राजा हरीशचन्द्रले सबैभन्दा पहिले भगवान विश्वनाथको मन्दिरलाई जीर्णोद्वार गराए र उनिपछि सम्राट विक्रमादित्यले पनि फेरी जीर्णोद्वार गराएका थिए । उनै भगवान शंकरको भव्य मन्दिर सन् ११९४ मा मुहम्मद गौरीले लुटेपछि तोडिएको थियो । यसलाई फेरि बनाइयो, तर एक पटक फेरि यसलाई सन १४४७ मा जौनपुरका सुल्तान महमूद शाहले भत्काएका थिए ।

इतिहासमा सन् १५८५ ई. मा राजा टोडरमलको सहायता से पं. नारायण भट्टद्वारा यही स्थानमा एकपटक फेरि भोलेनाथको भव्य मन्दिर निर्माण गरे तर सन् १६३२ मा शाहजहाँले तोड्ने आदेश दिए । शाहजहाँका सेनाले हिन्दुको प्रबल प्रतिरोधका कारण भगवान विश्वनाथको मन्दिरको केन्द्रीय मन्दिरलाई तोड्न सकेनन, तर उनीहरुले काशीका ६३ अन्य मन्दिर भने भत्काएका थिए । 

त्यसपछि सन् १७५२ देखि १७८० को बिचमा मराठा सरदार दत्ताजी सिंधिया व मल्हारराव हेल्कर इसले मन्दिरलाई मुक्त गराउन अथक प्रयास गरे । उनीपछि सन् १७७७ देखि ८० मा इंदोरकी महारानी अहिल्याबाई होल्करद्वारा यो वर्तमान मन्दिरको निर्माण गराईन् ।

काशीको कहानी यतिमा मात्र सीमित छैन । यस अलौकिक नगरीको कुना कुनामा धेरैकुरा लुकेका छन् । दुनियाँका सबैभन्दा पुराना शहरमध्ये एक काशीले आफ्ना भक्तलाई दिनेकुरा धेरै नयाँ पनि छन् । भन्नुहोस, काशीको बारेमा यो कुरा जानेपछि तपाईंचाहिँ कहिले जाँदैहुनुहुन्छ यो दिव्यताको अनुभव गर्न ? एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत