प्रेरणा

कुनैपनि व्यक्तिमा जन्मदेखि नै हुन्छन यी चार गुण, कुनै शिक्षकले पनि सिकाउन सक्दैन

काठमाडौँ । भनिन्छ नी कोहीपनि आफ्नो व्यवहार परिवर्तन गर्न सक्दछ तर आफ्नो प्रकृति सक्दैन । जस्तो धर्तीमा आएपछि मानिस आफ्नो अनुभव, स्याहार सुस्याहार, ज्ञान आदि माध्यमबाट धेरै कुरा सिक्ने गर्दछ तर फेरिपनि व्यक्तिमा केही चिज प्रकृतिक रुपबाटै प्राप्त हुने गर्दछ । यसलाई कुनैपनि परिवर्तनले छुँदैन वा कोहीले पनि सिकाउन सक्दैन । चाणक्य नीतिमा यी गुणको यसरी चर्चा गरिएको छ ।

दान
दान, धनी होस वा गरिब, या कम होस वा बढी, कुनै लिनेदिने हुँदैन । दान गर्ने एक प्रकृति हुने गर्दछ, जो मानिसमा जन्मजात हुने गर्दछ । जो सँग भण्डार भरिएको हुन्छ उ यो गुण नहुँदाखेरी दान गर्दैन, जबकी मध्यमवर्गीय व्यक्ति आफ्नो हस्साबाट निकालेर पनि दान गर्दछन् । दान दिने व्यक्तिमा अर्काको दुःख बुझ्ने गुण हुने गर्दछ । उ अर्काको दुःखबाट दुखी हुने गर्दछ ।

धैर्य
तपाईं कुनैपनि मानिसलाई धैर्य बस्नको लागि सिकाउन सक्नुहुन्न । सबैमा धैर्य रहने पनि फरक फरक क्षमता हुने गर्दछ । धैर्य रहन सक्नु एक प्राकृतिक गुण हो जसलाई विकसित गर्नु अत्यन्तै गाह्रो हुन्छ । कुनै व्यक्तिमा बढी धैर्यशिलता हुन्छ  कुनैमा कम ।

निर्णय क्षमता
हामीले यस्ता मानिस देखेकै होलाउँ जो आफ्नो निर्णयको लागि अर्कामा निर्भर हुन्छन् । तर यही समूहमा यस्ता मानिसपनि हुन्छन जो कुनै उच्च पदमा भएर पनि निर्णय लिन सक्दैनन् । यही ठाउँमा केही व्यक्ति निर्णय गर्ने सवालमा अत्यन्तै छिटा पनि हुन्छन् ।

मधुर वाणी
धेरै मानिस यस्ता हुन्छन् जो जहिल्यै पनि रुखो कुरा गर्दछन् । सकारात्मक कुरामा पनि उसको नजर रुखो नै हुने गर्दछ । तर प्राकृतिक रुपबाटै मधुर वाणीको गुण भएको व्यक्ति कहिल्यै रुखो बोल्ने आँट गर्दैन । झड्किएको बोली सुनेर उसको प्रतिक्रिया रुखो हुन भने सक्दछ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत