वातावरण

पर्यावरणमा प्रयासः विवाहमा कार्ड छपाएनन्, मानिसलाई ४ सय विरुवाको गमलाबाट निमन्त्रणा

भोपाल, भारत । पर्यावरणप्रति मानिसमा जागरुकता ल्याउनको लागि शहरको एक परिवारले विवाहमा कार्डको सट्टामा गमलामा वर-वधूको नाम र कार्यक्रम स्थल लेखेर ४०० मानिसलाई आमन्त्रण गरे ।

यो गमलामा विभिन्न किसिमका विरुवा थिए । यसलाई आठ महिना अघि रोपिएको थियो ।

भोपाल तुलसीनगरमा बस्ने राजकुमार कनकनेकोे छोरा प्रांशुको विवाह २० नोभेम्बरमा थियो । पहिले परिवारले विवाहको लागि कार्ड नै बाँड्ने सोचे । तर, ठूलो छोरा प्रतिकले विवाहको निमन्त्रणामा पर्यावरणमा जागरुकता ल्याउने कुरा गरे । त्यसप्रति परिवारले निर्णय गर्यो कि ८ महिनाको विरुवा भएको गमला वर-वधू र कार्यक्रम स्थलको नाम छपाएर मानिसहरुलाई आमन्त्रण गर्ने । यसको लागि सबैजनाले सहमति जनाए ।

उनीहरुको विचार यो पनि थियो कि मानिसहरु कार्ड लिएर पनि भूल्ने गर्दछन, तर यदि यी गमला उनको घरमा पुगेमा हाम्रो परिवार सो घरमा विशेष महत्वका साथ रहनेछ ।

प्रतिकले भने— हामीले कार्ड छापेनौँ । भोपालमा परिचित र आफन्तहरुलाई ४०० गमला दिएर निमन्त्रणा गर्यौँ । सो भन्दा बाहिरका मानिसहरुलाई वाट्सएपमार्फत विवाहका लागि अनुरोध गर्यौँ । यो प्रयोग धेरै सफल भयो र मानिसहरुले यो कार्यको प्रशंसा पनि गरे । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत