जीवनशैली

कार्यालयबाट छुट्टी लिन सबैभन्दा लोकप्रिय बहाना स्वास्थ्य खराब, हरेक ५ मा २ कर्मचारी यस्तो 

यौन टिप्पणी गरेमा ७० प्रतिशत युवा महिला उभिन्छन्

काठमाडाैँ । ब्रिटेनमा कर्मचारी आफ्नो उच्च अधिकारीसँग विरामीको साना-साना झुट बोलेर छुट्टी लिने गर्दछन् । हरेक पाँच जनामा दुई कर्मचारी यस्तो गर्दछन् । यो खुलासा बीबीसीको एक सर्वेक्षणबाट भएको हो । सर्वेमा जब कर्मचारीको नैतिकता र मूल्यमा प्रश्न उठाईयो, तब उनीहरुले विमारी भएको झुट बोल्ने, चोरी गर्ने र अन्य व्यक्तिको कामको श्रेय लिने कुरा स्वीकार गरे ।

ब्रिटेनको अफिस फर नेशनल स्टैटिस्टिक्सका अनुसार, एक कर्मचारी वर्षमा लगभग चार दिन विरामी विदा लिन्छ । सन् २०१८ मा अफिस नआउनुबारेको कारण सामान्य रुघा, मसल समस्या र थकान जस्ता विरामी बताएका थिए ।

तल्ला तहका कर्मचारी उच्च तहका कर्मचारीभन्दा धेरै झुट बोल्ने नतिजाले बताएको छ । प्रतिवेदनमा यो कुरा पनि आएको छ कि महिलाको तुलनामा पुरुषले अर्काको कामको प्रशंसा आफैँ गर्ने प्रवृत्ति दुइगूणा बढी हुन्छ । सर्वेमा सहभागी एक तिहाई सदस्यले यो कुरा पनि बताए कि उनीहरुले अफिसबाट स्टेपलर र नोटबुक जस्ता साना साना चिजहरु चोरे । १६ वर्ष भन्दा बढी उमेरका ३६५५ वयस्कसँग सोधिएको प्रश्नबाट प्रतिवेदन तयार गरिएको थियो । सर्वेमा ६६ प्रतिशत कर्मचारी हाकिमलाई सहकर्मीलाई विमारी नहुँदा पनि गैरहाजिर रहने जानकारी लुकाउने गर्दछन् ।

एक व्यवसायिक मनोबैज्ञानिक हेले लुईसले भने कि प्रायः कर्मचारी आफ्नो हाकिमले ब्रेक लेओस भन्ने हेतुले यो गर्छन् । यदी कर्मचारीसँग हाकिमको सम्बन्ध नराम्रो भए उसले साँचो कम बोल्दछ । कर्मचारीहरु आफ्नो हाकिमको व्यवहारले पनि प्रभावित हुन सक्दछ ।

हेले लुईसका अनुसार, कर्मचारी कुनै मोडलभन्दा कम हुँदैनन् । उनीहरु हाकिमको फलो गर्दछन् । यदी हाकिमले ब्रेक लिइरहेको छैन र उ खाना समयमा पनि आफ्नो टेबलमा नै भोजन गरिरहेको छ भने उसले सोही सिकाइरहेको छ र फलो गरोस् । यसले कर्मचारी हाकिमकै जस्तो काम गर्न थाल्दछन् । तर जब उसलाई ब्रेक लिने इच्छा भए उसको हाकिमबाट बच्नको लागि बहाना बनाउनु पर्छ ।

कार्यालयमा पुरुष हाकिम यदि महिला कर्मचारीलाई गलत तरिकाले छोइरहेको छ भने ३४ भन्दा कम उमेरका कर्मचारी सो उमेरभन्दा बढीका भन्दा बढी विरोध गर्दछन् । सर्वेका अनुसार यदि उच्च व्यक्ति युवा सहकर्मीसँग यौन टिप्पणी गरेमा ७० प्रतिशत युवा महिला उभिन्छन तर ५५ वर्ष पार गरेका कर्मचारीमा आधाभन्दा कम महिलाले सम्मानका लागि साथ दिने सर्वेले बताएको छ । एजेन्सी

गाउँ सहर डेस्क

तपाईँको मत