राजनीति

प्रचण्डको इच्छा, हटाइएका श्रम मन्त्री र भुषालकाे माया

काठमाडौँ । देशले २१ महिनामा केही नयाँ मन्त्रीहरु पाएको छ । लामै समय गनगन र चर्चाको चूलिमा पुगेपनि सेलाएको सरकारका मन्त्री परिवर्तनले अन्तत् बुधबार पूर्णता पायो, आज सपथपनि सकिएको छ ।

सरकारको मालिक नेकपाले हिजै कार्यकारी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अधिकार दिएको छ । अन्तत् प्रचण्ड कामरेडको पनि इच्छा पूरा भएको छ । तर चिया पसलमा बैठकको मात्र नेतृत्व दिएको कुराले समर्थकको मन कटक्क खान सक्छ ।

हिजोदेखि आजसम्म र अबका केहीदिनको सामाजिक सञ्जालको खुराक यही नै बन्ने पक्का छ । त्यसमै रमाउनेलाई भ्याइनभ्याइ होला । कसैलाई रिस उठ्ला त कसैलाई मज्जा ! जे भएपनि नयाँ नेतृत्वले केही न केही बोल्ने र तर्क र वितर्कमा केहीदिन कुरा हुने नै भए ।

प्रधानमन्त्री ओलीले बुधबार साँझ वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि) र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री बनाउन राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए ।

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन् ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ । कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पुरानो नेतृत्वबाट चर्चाको शिखरमा पुगेका दुइ व्यक्तित्वलाई थेचारिएको छ । श्रममन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित । सुखि नेपाली समृद्ध नेपालको सरकारी मन्त्रमा जब्बरजस्त काम गरेकाहरु एकाएक बाहिर । मन्त्री पण्डित कर्मचारीकै फन्दाबाट त मन्त्री विष्ट वैदेशिक व्यवसायीकै घानको दवावबाट रिङ आउट गराइए ।

यता नवनियुक्त कृषि मन्त्री घनश्याम भुषाल सञ्जालको चर्चामा थामिनसक्नु देखिएका छन् । सिद्धान्तमा माहिर भुषाल फँस्ने त होइनन् ? भन्ने कोडपनि गरिएको छ । उता उपप्रधान तथा स्वास्थ्य मन्त्रीलाई मन्त्रालयको कानूनको जिम्मा दिइएको छ भने सरकार छाड्ने पनि वाक्यहरु आइसकेका छन् । उनीसँग जाेडिएर कानून मन्त्री हुँदा संविधान पूनर्लेखन गर्न सजिलाे हुन्छ भन्न सम्म भ्याएका छन् । महासेठ जानूभाे, दुगडजी आउनुभाे । अर्को चर्चा छ त विना मगर खानेपानी मन्त्रीको, साथ छ त ससुराको । यस्तै-यस्तै कुराहरुले दुइदिनको सामाजिक सञ्जाल भरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत