प्रेरणा

स्थायी सफलताको लागि आफैँ मेहनत गर्नुपर्छ, छोटो बाटोबाट हुँदैन

काठमाडौँ । छोटो समयमा सफलता हासिल हुँदैन र स्थायी पनि हुँदैन । वर्तमान भागदौडको समयमा मानिसहरु थोरै काम गरेर बढी फाइदा लूट्न चाहन्छन, जुन असम्भव मात्र छैन अ-दिगो पनि उत्तिकै छ ।

सफलता हासिल गर्नको लागि छोटो बाटोको प्रयोग नगर्नुहोस् । जसले मेहनत गर्दछ उसले मात्र स्थायीत्व प्राप्त गर्न सक्दछ । स्थायी सफलताको लागि छोटो-मिठो नभन्नुहोला । सफलता कसरी हासिल गर्ने भन्ने बारेमा भगवान श्रीकृष्णबाट सिक्न सकिन्छ ।

भगवान श्रीकृष्णलाई अधिकांश मानिसहरु माया-मोहबाट टाढा रहेका व्यक्तिको रुपमा चिन्दछन र मान्दछन् । भयंकर युद्धपछि उनी कहिल्यैपनि अशान्त भएनन् । उनले कहिल्यै आफ्नो हिस्साको संघर्ष अरु कसैबाट गराएनन् । कसैलाई गलत बाटो देखाएनन् । महाभारतको भीषण युद्धमा एक्लै कृष्ण पाण्डवको लागि एक दिनमा जति सक्षम भएरपनि पाण्डवलाई नै युद्ध लडाए । उनले केवल मार्गदर्शन गरे । उनले चाहेको भए पाण्डवको तर्फका कयौँ सैनिक मर्दैनथे र युद्धपनि जित्दथे, तर त्यस्तो चाहेनन् ।

यसको कारण यो थियो कि यदि श्रीकृष्णले युद्ध जितेर युधिष्ठिरलाई राजा बनाउँदा पाण्डवले त्यो सफलताको मूल्य बुझ्न सक्दैनथे । सफलता स्थायी र सन्तुष्टिप्रद त्यो बेला हुन्छ जब उ नै आफैँ संघर्ष गरेर हासिल गर्दछ । कहिलेकाहिँ उद्धेश्य पुरा भएपछि पनि हाम्रो मन सन्तुष्ट हुँदैन । सफलताले खुसी दिँदैन । यस्तो किन हुन्छ भने हामी जति नै सफल हुन्छौँ, त्यति नै मन अशान्त हुने गर्दछ । यसको पछाडि केही कारण छन जसले हाम्रो सफलताको भावलाई प्रभावित गर्दछ ।

सफलतासँग शान्ति र सन्तुष्टि यी दुइ भाव हुनु जरुरी हुन्छ । यदी हामी अशान्त र असन्तुष्ट छौँ भने यसको अर्थ हो कि हामीले सफताको लागि छोटो बाटो अपनायौँ । छोटो बाटोबाट प्राप्त सफलता अस्थायी हुने गर्दछ । यहीकारण हाम्रो मन पनि असन्तुष्ट भएको हो ।

स्थायी सफलताको बाटो कहिल्यै छोटो हुँदैन, सजिलो हुँदैन । तर यो बाटोबाट हिँड्दा लक्ष्यसम्म पुग्न सकिन्छ र स्थायी आनन्द पनि प्राप्त हुने गर्दछ । मानिसहरु प्रायः आफ्नो दौडमा अर्कोलाई विर्सने गर्दछन् । सो समयमा को आफूसँग ठोकियो, कसले सहयोग गर्यो, जस्ता कुराहरु उचाईमा पुगेपछि विर्सने गर्दछन् । उनीहरुले क्षणिक सपलता पाएपनि मनको सन्तुष्टि प्राप्त गर्न सक्दैनन् र यात्रा दिगो पनि हुँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत