अर्थतन्त्र

आईसीएफसी फाइनान्सकाे उच्च नाफा हुँदा ललितपुर फाइनान्सकाे सबैभन्दा बढी निष्क्रिय कर्जा, अन्यकाे नाफा-घाटा यस्ताे छ

काठमाडौं । सञ्चालनमा रहेका २२ फाइनान्स कम्पनीहरुमध्ये हालसम्म १५ फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकबाहेकका विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरुले त्रैमासिक सकिएको पहिलो महिनाको १५ दिनभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्छ । 

सोहीअनुरुप कात्तिक १५ गतेभित्र फाइनान्स कम्पनीहरुले असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेमा कात्तिक महिनामा तिहार र छठको सार्वजनिक विदा परेका कारण फाइनान्सहरुले वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।

वित्तीय विवरण सार्वजनिक गर्ने फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा आईसीएफसी फाइनान्सले गरेको छ भने सबैभन्दा बढी निष्क्रिय कर्जा ललितपुर फाइनान्समा रहेको छ । आईसीएफसीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड पाँच लाख ७७ हजार चार सय ७७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा चार करोड ३९ लाख ३२ हजार दुई सय २३ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार चार सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो तीन महिनामा ११ अर्ब पाँच करोड ३८ लाख २७ हजार पाँच सय १३ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ३६ करोड ६२ लाख ७९ हजार दुई सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

यसैगरी पोखरा फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ९३ लाख ५९ हजार पाँच सय ७५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा दुई करोड ३७ लाख ४४ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंजी ८५ करोड ७२ लाख ७२ हजार छ सय २१ रुपैयाँ रहको फाइनान्सले चालू आवको पहिलो त्रैमासिक अवधिमा छ अर्ब पाँच करोड ४५ लाख ४२ हजार पाँच सय नौ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५१ करोड ८७ लाख ७५ हजार पाँच सय २९ रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । 

सेन्ट्रल फाइनान्सले भने चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ९३ लाख ४६ हजार एक सय ६१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सले दुई करोड नौ लाख २० हजार पाँच सय ९५ रुपैयाँ खुुद मुनाफा कमाएको थियो । चुक्ता पुंजी ८२ करोड ३३ लाख ९७ हजार आठ सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिकमा तीन अर्ब ७६ करोड ३२ लाख ५६ हजार तीन सय ५८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १३ करोड १५ लाख ५७ हजार तीन सय ९८ रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले भने चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ९६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुंजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सले यस अवधिमा चार अर्ब ४६ करोड ६७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १७ करोड छ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । मञ्जुश्री फाइनान्सले चालू आर्थिक बर्षको पहिलो त्रैमासिकमा खुद मुनाफा बढाएको छ ।

गत आवको पहिलो त्रैमासिकमा दुई करोड ६२ लाख ११ हजार रुपैयाँ खुद मुनाफा कमाएको फाइनान्सको नाफा बढेर चालू आवको पहिलो त्रैमासिकमा दुई करोड ७५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ८० करोड ४० लाख ६० हजार रुपैयाँ रहेको मञ्जुश्रीले यस अवधिमा पाँच अर्ब २८ करोड ५५ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४४ करोड एक लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा तीन दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गोर्खाज फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा दुई करोड चार लाख २७ हजार नौ सय १५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड ५० लाख ७० हजार आठ सय ६८ रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुंजी ८६ करोड ६५ लाख ३७ हजार चार सय ४२ रुपैयाँ रहेको गोर्खाजले यसअवधिमा छ अर्ब ५२ करोड चार लाख ४६ हजार नौ सय ८६ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४७ करोड ५९ लाख ४४ हजार एक सय ३० रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

ललितपुर फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा एक करोड ८४ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड १५ लाख ३६ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुंजी २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासिकमा २७ करोड ७२ लाख ४९ हजार रुपैयाँ निक्षेप संंकलन गरी ४० करोड ९० लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ७४ दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने फाइनान्स कम्पनीहरु मध्येमा ललितपुर फाइनान्समा देखिएको यो निष्क्रिय कर्जा सबैभन्दा बढी हो । 

गुडविल फाइनान्सले चालू आवको पहिलो त्रैमासिकमा एक करोड २१ लाख ८९ हजार तीन सय ५६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा एक करोड चार लाख ६४ हजार ९२ रुपैयाँ रहेको थियो ।

यसैगरी गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले पनि चालू आवको पहिलो त्रैमासिकमा एक करोड ६३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड ८६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

युनाईटेड फाइनान्सले भने चालू आवको पछिल्लो अवधिमा ३७ लाख ५१ हजार तीन सय ५४ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा १८ लाख ३२ हजार एक सय ४२ रुपैयाँ रहेको थियो । 

प्रोग्रेसिभ फाइनान्सले पनि चालू आवको पछिल्लो अवधिमा ३० लाख ८१ हजार नौ सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा प्रोग्रेसिभको यस्तो नाफा एक करोड ७८ लाख २१ हजार आठ सय ६० रुपैयाँ रहेको थियो । यसैगरी बेष्ट फाइनान्सले पनि चालू आवको पहिलो त्रैमासिकमा ५४ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको नाफा ४० लाख ४० हजार रुपैयाँ रहेको थियो । यिबाहेकका समृद्धि फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सको आदिको नाफा भने ऋणात्मक देखिएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत