स्वास्थ्य

३० वर्ष लगातार सिगरेट पिउँदाकाे परिणाम, के अबपनि तपाईं धूम्रपान गर्ने हिम्मत गर्नुहुन्छ ?

बेइजिङ्ग । चीनको जिआंगसुका वूशी पीपुल्स अस्पतालका डाक्टरले एक मृत व्यक्तिको फोक्सो ट्रान्सप्लान्ट गर्न मानेनन् । कुरा के थियो भने, ३० वर्ष लगातार दैनिक एक बट्टा सिगरेट पिइरहेका, विरामी । यसकारण उनको फोक्सो पुरै कालो भएको थियो ।

डाक्टरले सोशल मिडियामा एक भिडियो पोस्ट गरे । क्याप्शनमा लेखिएको थियो— “के अबपनि तपाईं धूम्रपान गर्ने हिम्मत गर्नुहुन्छ ? यदि तपाईं धेरै सिगरेट पिउनुहुन्छ भने ट्रान्सप्लान्टको स्वीकार गर्न सकिँदैन ।”

डाक्टरद्वारा अपलोड गरिएको भिडियोलाई २.५ करोड मानिसहरुले हेरेका छन् । सबैले धुम्रपान विरोधी विज्ञापन मानेको देखिन्छ ।

नेशनल हार्ट एण्ड लंग इन्स्टिच्यूटका प्रोफेसर पीटर ओपेंशाले भने, ‘विरामीको फोक्सो सुन्निएको थियो । उसलाई श्वास लिन गाह्रो थियो । ट्रान्सप्लान्ट हुँदा अर्को विरामीलाई श्वास लिन अफ्ट्यारो र समस्या उत्पन्न हुन्थ्यो ।’ एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत