जीवनशैली

आजबाट सूर्य वृश्चिक राशिमा, जान्नुहोस कुन राशिमा के प्रभाव पर्छ

काठमाडौँ । ग्रह एक राशिदखि अर्को राशिमा परिवर्तन गर्दा त्यसको सकारात्मक र नकारात्मक असर १२ राशिमा पर्ने गर्दछ । आज अर्थात ३० गते कार्तिक, २०७६ मा पनि सूर्य आफ्नो नीच राशि तुलाको भ्रमण गरेपछि राति १ बजेर ३ मिनेटमा आफ्नो मित्र मंगलको राशि वृश्चिकमा प्रवेश गर्न गइरहेका छन् ।

सूर्य मित्र राशि मंगलमा आजबाट मंसिर ३० गते ३ बजेर ४० मिनेटसम्म त्यहाँ रहनेछन् । यसपछि सूर्य गुरुको राशि धनुमा प्रवेश गर्नेछन् । सूर्यको गोचर मंगलमा हुँदा सबै १२ राशिमा यसको प्रभाव देख्न पाइने छ ।

कुन राशिमा कस्ताे असर ?

  1. मेषः सन्तान चिन्ता, मानसिक कष्ट ।
  2. वृषः दाम्पत्य जीवनमा थोरै मुस्किल, व्यापारमा कठिन परीक्षा, मानसिक कष्ट, वाहन खरिदको योग ।
  3. मिथुनः शत्रु परास्त, कर्जाबाट बच्नुहोस, उच्चाधिकारीसँग राम्रो सम्बन्ध राख्दा फाइदा ।
  4. कर्कटः शिक्षामा सफलता, प्रेममा निराशा ।
  5. सिंहः घर खरिद र वाहन खरिदको योग, मातापितामा स्वास्थ्य समस्या, यात्राको दौरानमा सामान चोरी ।
  6. कन्याः उर्जाको भरपूर उपयोग गर्ने समय, प्रगति, मतभेद, मनलाई नियन्त्रण गर्नु आवश्यक ।
  7. तुलाः नेत्र विकार, मानसिक पीडा, पारिवारिक कलह । आकस्मिक धन प्राप्तिसँगै चिन्ताबाट मूक्ति ।
  8. वृश्चिकः सूर्यदेव आउनु वरदान, रोजगारी प्राप्ति, पदोन्नति ।
  9. धनुः अधिक खर्च, नोकरी अनुकूल ।
  10. मकरः आयमा वृद्धि र व्यापारमा प्रगति, शिक्षामा सफलता ।
  11. कुम्भः सत्ता र सुख प्रदानसँगै नोकरीमा पदोन्नति, मातापिताको स्वास्थ्यमा सजग रहनुहोला ।
  12. मीनः मेहनतको फल प्राप्त हुनेछ, धार्मिक कार्यमा रुचि, यात्राको अवसर, प्रतिष्ठा वृद्धि ।
     

गाउँ सहर डेस्क

तपाईँको मत