जीवनशैली

सन्तानको श्रेष्ठ भविश्यको लागि सुख-सुविधाभन्दा बढी ध्यान ‘संस्कारमा’ 

काठमाडौँ । सन्तानको श्रेष्ठ भविश्यको लागि माता-पिताले सुख-सुविधा भन्दा बढी संस्कारतर्फ ध्यान दिनु पर्दछ । बच्चाप्रति प्रेम र मोह हुनु ठिक हुन्छ तर आवश्यकताभन्दा बढि प्रेम र मोहले समस्या बढाउन सक्छ । बच्चाको पालनपोषणमा शिक्षा र संस्कारको विशेष ध्यान दिनु पर्दछ । यी दुई कुरा गरिने लापरवाहीले बच्चाको भविष्य बिग्रन सक्छ ।

संस्कारले नै बच्चा सही र गलत छुट्याउन सक्छ । बच्चालाई सम्झाउन सक्नुपर्छ कि सही मार्गमा भलै दुःख र समस्या आउन सक्छ, तर लक्ष्यसम्म पुग्दा सुख र शन्ति मिल्नेछ भनेर । गलत कामले मानशिक सुख र शान्ति प्राप्त हुँदैन । महाभारतमा कुन्तीले पाण्डवलाई अभाव मै पनि श्रेष्ठ शिक्षा र श्रेष्ठ संस्कार दिए । यहिकारण अधर्मबाट बचिरहे ।

महाभारतमा एकै परिवारको दुइ भाग बताइएको छ । एक कौरव र अर्का पाण्डव । कौरवमा धृतराष्ट्र, गांधारी र उनका पुत्र मुख्य हुन् । पाण्डमा माता कुन्ती र पाँच पाण्डव मुख्य हुन् । कौरवसँग सबै सुख र ऐश्वर्य थियो, तर माता-पिता अत्यधिक मोह र प्रेमको कारण सन्तालाई सही संस्कार र शिक्षा दिन सकेनन् । अर्कोतर्फ माता कुन्ती, जसले पाँच पाण्डवलाई श्रेष्ठ शिक्षा र संस्कार दिइन् । महाराज पाण्डु र माद्रीको मृत्युपछि कुन्तीले नै पाँच पुत्रको पालनपोषण गरिन् । पाण्डवसँअभाव भएरपनि धर्मको मार्गमा हिँडे र श्रीकृष्णको कृपा प्राप्त गरे ।

जो माता-पिता आफ्ना बच्चालाई शिक्षा र संस्कारमा पूर्ण ध्यान दिन्छन, उनीहरुका बच्चा आजीवन सुखी रहन्छन् । गलत कामबाट सँधै टाढा रहनुपर्छ, समाजबाट मानसम्मान प्राप्त हुँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत