जीवनशैली

गायत्री मन्त्र जप्नुमात्र भएको छ कि यसकाे शक्ति पनि थाहा पाउनु भएको छ ? हेर्नुहोस्

काठमाडौँ । भगवान श्रीराम र श्रीकृष्णसँगै ऋषिमुनिद्वारा जपिएको गायत्री मन्त्रले मानव जातिको कल्याण हुन्छ नै तर महाभारतका अनुसार गायत्री मन्त्रले ब्रम्हादर्शन पनि सम्भव छ । यो अलौकिक मन्त्रले मनमा रहेको भयलाई पनि समाप्त गर्दछ ।

सनातन धर्मको ग्रन्थ अनुसार गायत्री मन्त्रको प्रादुर्भाव जेष्ठ महिनाको शुक्ल दशमीमा भएको थियो । यो मन्त्रको ब्रम्हार्षि विश्वामित्र दृष्टी बने । कौशिक मुनि, जो पछि विश्वामित्र भए, को तपस्थली कौसानी, उनको नाममा छ । विश्वको कल्याण गर्न उनले गायत्री मन्त्रलाई मानव जातिमा फैल्याए ।

दिव्य मन्त्रः ‘ओम भूर्भुवस्स्वस् तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि। धियो यो नस् प्रचोदयात॥’ 

सनातन धर्म मान्नेहरु गणेश मन्त्रपछि यो मन्त्रको उच्चारण, जप गर्दछन् । श्रीमद्भागवतको दशम स्कन्दमा लेखिएको छ कि श्रीकृष्ण स्नानपछि यो मन्त्र जप गर्दथे । महाकवि तुलसीदासले रामचरित मानसमा लेखेका छन कि विश्वामित्रले आफ्ना शिष्य राम र लक्ष्मणलाई यो मन्त्रको रहस्य विस्तारमा बताएका थिए ।

गायत्री मन्त्र अनुसार, ‘भासते सततं लोके गायत्री त्रिगुणात्मिका॥’ अर्थात गायत्री माता सरस्वती, लक्ष्मी एवं कालीको प्रतिनिधित्व गर्दछिन् । उनी वेदमाता हुन् । समस्त ज्ञानकी देवी गायत्री नै हुन् । भनिन्छ कि एकपटक भगवान ब्रम्हा यज्ञमा समावेश हुन गइरहेकी थिइन् । धार्मिक कार्यमा पूर्ण फल प्राप्त गर्नको लागि पत्नी सँगै हुनु जरुरी हुन्छ । तर सो समय ब्रम्हाजी सँग उनको पत्नी सावित्री थिइनन् । त्यो बेला उनले देवी गायत्रीसँग विवाह गरे । पध्मपुराणको सृष्टिखण्डमा गायत्रीलाई ब्रम्हाको शक्ति बताएसँगै पत्नी भनिएको छ ।

शारदा तिलकको रुपमा गायत्रीको स्वरुप वर्णन गर्दै भनिएको छ, गायत्री पंचमुखी छ, यो कमलमा विराजमान भएर रत्न,हार,आभूषण धारण गर्दछिन् । यीनीसँग दश हात छन, जसमाः शंख, चक्र, कमलयुग्म, वरद, अभय, अंकुश, उज्जवल पात्र र रुद्राक्षको माला छ । पृथ्वीमा जुन मेरु नामको पर्वत छ, त्यहि यीनको निवास छ । विहान, दिउसो र साँझ यीनको ध्यान गर्नु आवश्यक छ । रुद्राक्षको माला लिएर यीनको जप गर्नु पर्दछ । शंख स्मृतिका अनुसार गायत्री मन्त्रको जपबाट भय समाप्त हुने गर्दछ ।

गायत्री मन्त्र १०८ पटक जप गर्दा रकमको अभाव नहुने, अध्ययन अध्यापनमा रुची, सुख प्राप्ति, दम्पतिलाई सन्तान प्राप्ति, विवाह, जागिरमा प्रगति, व्यापारमा सफलता प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख छ ।

गाउँ सहर डेस्क

तपाईँको मत