जीवनशैली

सच्चा मानव बन्नका लागि भगवान श्रीरामका यी ६ प्रेरणादायक विचार

काठमाडौँ । मर्यादा पुरुषोत्तम श्रीरामको व्यक्तित्वका कयौँ त्यस्ता गुण छन जसलाई अनुसरण गर्दा यो कलियुगमा पनि सत्ययुगको जस्तै आदर्श ल्याउन सकिन्छ । साथै जीवनमा श्रीरामले भनेका कुरालाई ध्यानमा राखे सच्चा मानव बन्न प्रेरित गर्दछ ।

  1. अभिमानी व्यक्ति चाहे उ आफ्नो गुरु, पिता वा  बढी उमेर, ज्ञानमा ठूलो नै किन नहोस, उसलाई सहि मार्ग देखाउनु पर्दछ ।
  2. क्रोध गर्नु निर्बलको कार्य हो । एक अत्मविश्वासी व्यक्ति मानिसको नकारात्मक कुरा वा आलोचना गर्दैन । उ समय आएपछि आफ्नो पराक्रम देखाउँछ ।
  3. गुरु, बहिनी, माता वा ठूलो दाईले तपार्ईलाई धर्म पालनको ज्ञान दिन्छन् । उनीहरु इश्वर तुल्य हुन् ।
  4. सच्चा स्त्रीको आँसु कहिल्यैपनि खेर जाँदैन । यो आँसु ति व्यक्तिको विनाशको कारण बन्छन जसले स्त्रीलाई रुन वाध्य तुल्याउँछ ।
  5. बलवान व्यक्ति कहिल्यैपनि आफ्नासँग कमजोरीमा दमन गर्दैन । उ जहिल्यै रक्षा गर्नको लागि उभिन्छ ।
  6. जनावरको रक्षा गर्ने हेतुले अगाडि बढेको मान्छे सच्चा योद्धा र दयावान हुन्छ ।
     

गाउँ सहर डेस्क

तपाईँको मत