जीवनशैली

सबैभन्दा बढी शुल्क लिने एक्टर अमिताभ भएका थिए दिवालिया, माग्नु परेको थियो सहयाेग

बलिउडका शहंशाह अर्थात अमिताभ बच्चनको बलिउडमा ५० वर्ष पूरा भएको छ । यहि मौकामा आउनुहोस जानौँ उनको करिअरसँग जोडिएका केही रोचक कुराहरु ।

पहिलो फिल्म

अमिताभ बच्चनको पहिलो फिल्म ‘सात हिंदुस्तानी’ थियो । यो फिल्म सन् १९६९ मा रिलीज भएको थियो ।

शुल्कमा मिल्यो ५००० रुपैयाँ भारु

अमिताभलाई शुल्कको रुपमा ५००० रुपैयाँ दिइएको थियो । निर्देशकले पहिले नै स्पष्ट गरेका थिए कि फिल्म बन्न जतिनै समय लागोस उनलाई सो राशि दिइनेछ, बढी मिल्दैन ।

पहिलो नेशनल अवार्ड

अमिताभलाई डेब्यूसँग पहिलो नेशनल अवार्ड मिलेको थियो । उनलाई ‘सात हिंदुस्तानी’ को लागि मोस्ट प्रोमिसिंग एक्टरको नेशनल अवार्ड दिइएको थियो ।

महमूदबाट प्राप्त भयो सहयोग

भनिन्छ कि महमूदलाई ‘सात हिंदुस्तानी’ मा अमिताभको एक्टिंग धेरै मन परेको थियो । उनले नै त्यसपछि तीन फिल्मको साइन गराएका थिए । उनले अमिताभलाई ५, ७ र १० हजार शुल्क दिए । महमूदले अमिताभलाई लिएर फिल्म त बनाएनन तर अर्काकोमा काम गर्न लगाए, जसमा एक हिट फिल्म ‘आनन्द’ पनि थियो ।

१२ फ्लप फिल्म र ‘जंजीर’

राम्रो सुरुवातपछि यस्तो समय आयो जब अमिताभले ब्याक टू ब्याक १२ फ्लप फिल्म खेले । सन् १९७३ मा आएको फिल्म ‘जंजीर’ ले त्यो सिलसिला तोड्यो र बिग बी करिअरको जबरजस्त हिट फिल्म दिए ।

एक महिनामा चार सुपरहिट फिल्म

अमिताभले आफ्नो करिअरको तल्लो र उच्च समय देखे । सन् १९७८ को अक्टूबर महिनामा अमिताभले ब्याक टू ब्याक चार सुपरहिट फिल्म खेले । यी फिल्महरु मुकद्दर का सिकंदर, कसमे वादे, डन र त्रिशुल ।

फेवरेट अन स्क्रीन नेम

अमिताभ बच्चनको फेवरेट अन स्क्रीन नेम विजय थियो । साथै उनलाई अमित नाम पनि राम्रो लाग्थ्यो । अमिताभले २० भन्दा बढी फिल्म गरे जसमा उनको नाम विजय थियो ।

जयासँग ३० फिल्म

अमिताभ र जया केवल कपलमात्र थिएनन उनीहरुले ३० फिल्म सँगै गरे । यस्तो गर्ने एकमात्र बलिउड सेलिब्रेटी कपल हुन् ।

१ करोड शुल्क

भनिन्छ कि अमिताभ बच्चन बलिउडको पहिलो एक्टर थिए जसले शुल्कको रुपमा एक करोड पाएका थिए । यसले उनलाई हिन्दी सिनेमाको सबैभन्दा महंगो सितारा बनाएको थियो ।

जब भएका थिए दिवालिया

अमिताभ भलै हाइ पेढ एक्टर भए तर एउटा चरण उनको जीवनमा यस्तो पनि आयो जब उनको निजी कम्पनीमा नोक्सानी भयो र उनी दिवालिया भएका थिए ।

यश चोपडासँग मागे मद्धत

दिवालिया भएपछि अमिताभले निर्देशक यश चोपडासँग सहयोग माग्न पूगे । उनको कहानी सुनेर फिल्म ‘मोहब्बते’ मा भूमिका दिएका थिए । यसले बिग्रिएको स्थितिमा थोरै सुध्रियो ।

सानो स्क्रीनमा पाए पपुलारिटी

अमिताभको कौन बनेगा करोडपतिले हिट बनायो । यो शो ले उनको लोकप्रियतामात्र बढेन, पूरै कर्जा चुकाए ।

भयो आलोचना

अमिताभले हरेक फिल्मलाई प्रयोग गर्दछन, तर जब उनले ‘बूम’ र ‘निशब्द’ जस्ता फिल्म गरे दर्शकबाट कडा आलोचनाको सामना गर्नुपर्यो । त्यसपछि त्यस्ता फिल्म उनले गरेनन् ।

अवार्डस्

अमिताभको यो ५० वर्षको बलिउड यात्रामा अधिक अवार्डस प्राप्त भए । यसमध्ये प्रमुख पद्म श्री, पद्म भूषण, पद्म विभूषण र दादा सोब फाल्के अवार्ड छन् । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत